राजीनामा दिँदै माओवादी मन्त्री, यी मन्त्रीले भने राजीनामा नदिने !

काठमाडौँ, २८ पुस- माओवादी केन्द्रका मन्त्रीहरूले आठ महिनापछि शुक्रबार पदबाट सामूहिक राजीनामा दिने भएका छन् । बिहीबारै राजीनामा दिने भनिए पनि सार्वजनिक बिदा परेकाले शुक्रबारका लागि सरेको विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेलले बताए, नयाँ पत्रिकामा खबर छ  ।
माओवादीबाट उपप्रधानमन्त्री कृष्णबहादुर महरा, मन्त्रीहरू जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारू र प्रभु साह, राज्यमन्त्रीहरू मोहम्द जाकिर हुसैन, राजसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पा मन्त्री छन् |

यसैबीच जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले भने राजीनामा नदिने भएकी छिन् । चौधरी नेकपा संयुक्तबाट मन्त्री भएकी थिइन् । संयुक्त र माओवादीबीच गत २५ असोजमा पार्टी एकता भएको थियो ।

पुस २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार