×

NMB BANK
NIC ASIA

स्वेच्छिक अवकाशमा जाने कर्मचारीले के पाउँछन् सुविधा ?

पुस २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २८ पुस- सरकारले स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई लक्षित गरी शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । समायोजनमा जानुअघि निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्थाअनुसार सरकारले सूचना प्रकाशित गर्ने तयारी गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले शुक्रबार मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकाशमा जाने कर्मचारीको प्याकेज घोषणा गर्ने बताए । 
निजामती सेवा ऐनको दफा १३ मा ‘समायोजन हुन नचाहने पचास वर्ष उमेर पूरा भएका र निवृत्तिभरण पाउने अवस्था भएका कुनै पनि कर्मचारीले नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लिखित सर्तबमोजिम स्वेच्छिक अवकाश लिन सक्नेछन्’ भन्ने व्यवस्था छ । सो ऐनले त्यसरी अवकाशमा जाने कर्मचारीलाई सात वर्षको पेन्सन सुविधा एकमुष्ट रूपमा उपलब्ध गराउने व्यवस्था गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसअनुसार , मासिक २५ हजार तलब सुविधा खाने कर्मचारीको उमेर ५० वर्ष पूरा भएको छ र उसले अवकाशमा जान चाहेमा उसले एकमुष्ट आठ लाख ४० हजार रुपैयाँ पाउनेछ । यस्तो हिसाब निकाल्दा हरेक कर्मचारीको आखिरी तलबलाई २० ले गुणा गरिन्छ र आएको गुणनफललाई ५० ले भाग गरिन्छ । यहाँ अंक २० सेवा अवधि हो भने अंक ५० उमेरहद हो । त्यसक्रममा आउने अंकलाई सात वर्षको ८४ महिनाले गुणन गर्दा जति अंक आउँछ, त्यो अंकबराबरको रकम ती कर्मचारीले पाउने हो ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x