अनुहारमा अनावश्यक रौँ छ ? सुन्तलाको बोक्राले हटाउनुस् !

पुस २८, २०७४

काठमाडौं, २८ पुस– अनुहारमा आएका अनावश्यक रौँले कतिपयलाई हैरान बनाएको हुन्छ । यस्ता रौँले महिलालाई अझ बढी कुरुप देखाउने भएकाले पनि यो चिन्ताको विषय बनेको हुन्छ । यस्तो समस्याबाट  छुटकारा पाउने योजनामा हुनुहुन्छ भने सुन्तलाको बोक्रा र महको प्रयोग गर्न सक्नु हुन्छ । 

-सुन्तलाको बोक्रामा भिटामिन सी हुन्छ । जसले फ्री रेडिक्लससँग लड्ने काम गर्छ । परिणाम रौँ उम्रिने प्रक्रियामा ढिलाइ उत्पन्न हुन्छ । 
सुन्तलाको बोक्राले प्राकृतिक ब्लिचिङको समेत काम गर्छ । यसका एन्टीअक्सिडेसन हुन्छ । त्यसैले अनुहारको अनावश्यक रौँ हटाउनका लागि सुन्तलाको बोक्राको धुलो प्रयोग गर्न सकिन्छ । 


ADVERTISEMENT

-त्यसपछि आफ्नो गाला र अन्य आवश्यक ठाउँमा पेस्टलाई राम्रोसँग लगाउनुहोस् । 

-पेस्ट लगाइसकेपछि केहीबेर सुक्खा हुन दिनुहोस् । तर, महले पूर्ण रुपमा सुक्खा हुन भने दिँदैन । 

-यसका लागि सानो कचौरामा सुन्तलाको धुलो र एक चम्चा मह लिनुहोस् । अनि यसको पेस्ट बनाउनुहोस् । 

-जब पेस्ट आंशिक रुपमा सुक्खा हुन्छ, त्यसपछि बिस्तारै मसाज गर्नुस् ।

-त्यसपछि आफ्नो अनुहारलाई पानीले सफा गर्नुस् । नियमित यस्तो गतिविधि एक महिनासम्म गरेमा राम्रो परिणाम दिन थाल्छ । 
नयाँ पत्रिकाबाट 
 

पुस २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस