प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, २८ पुस– सरकारले आज प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरेको छ । यसका लागि मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक विहान ९ बजे बस्न लागेको  बताइएको छ ।

प्रदेशको राजधानी नतोकिएसम्मका लागि प्रदेशको कार्य सञ्चालन प्रारम्भ गर्न सरकारले अस्थायी स्थान तोक्ने तयारी गरेको हो । प्रदेशसभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने लगायतका प्रदेशको कार्य सञ्चालनसम्बन्धी अति जरूरी कार्यहरु तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले सरकारले अस्थायी मुकाम तोक्न लागेको हो । 
 

पुस २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस