एमाले–माओवादी संयुक्त कार्यदलको बैठक आज बस्दै

पुस २८, २०७४

काठमाडौं, २८ पुस– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका बारेमा खाका तयार गर्न बनेको संयुक्त कार्यदलको बैठक शुक्रबार बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बस्न लागेको हो । 

कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव सदस्य छन् । बैठकमा राष्ट्रिय सभाका साझा उम्मेदवार र प्रदेश सरकारको प्रारम्भिक खाका लगायतका बिषयमा छलफल  हुने बताइएको छ । 


ADVERTISEMENT

दुबै दलको कार्यदलले हिजो आ–आफ्नो दलमा आन्तरिक छलफल गरेको थियो ।  कार्यदलले सहमती जुटाएका बिषय एकता संयोजन समितिमा बुझाउने छ । 
 

पुस २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस