×

NMB BANK
NIC ASIA

बाह्रविसेदेखि कर्थलीसम्मको बाटो कालोपत्र हुँदै

पुस २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

सिन्धुपाल्चोक, २८ पुुस- सिन्धुपाल्चोकको पूर्वी उत्तरी क्षेत्र कर्थलीमा दोलखा हुँदै छिमेकी मित्रराष्ट्र चीनसितको फलाटे नाका जोड्ने बाह्रविसेदेखि कर्थलीसम्मको नौ किलोमिटर बाटो कालोपत्र हुन लागेपछि स्थानीयबासीमा खुशियाली छाएको छ । 

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको बतासेदेखि दोलखा हुँदै चीनको सीमास्थित फलाटे नाकासम्म जोड्ने छोटो सडकमार्ग अन्तर्गतको कर्थलीमा नौ किलोमिटर बाटो कालोपत्र हुन लागेपछि ग्रामीण बस्तीमा खुशी छाएको हो । 

बाह्रविसे नगरपालिकाको बतासे, खागदलदेखि ठाँटीचौर, क्षमादेवी, कर्थली, दुरुमथली दोलङ्सा हुँदै दोलखाको विगुसम्म पुग्ने उक्त मोटरबाटो हाल बतासेदेखि दुरुमथलीसम्म कालोपत्र हुन लागेको छ । 

बाह्रविसे नगरपालिका–२ कर्थलीका ४१ वर्षीय मिङ्मा लामु शेर्पा चार घण्टा हिँडेर बाह्रविसे बजार पुग्ने गरेकामा अहिले एक घण्टामा नै बजारबाट घर पुग्दा साह्रै खुशी देखिनुहुन्थ्यो । “धेरै मानिसले तपाईंको गाउँमा बाटो ल्याइदिन्छौँ भन्दै भोट माग्न आए, मलाई गाउँमा यसरी बाटो आउलाजस्तो लागेको थिएन, आज आयो, साह्रै खुशी छु,”उहाँ भन्नुहुन्छ । 

यस्तै, सोही गाउँका २७ वर्षीय विकास लामा दोलखा र चीनसम्म जोड्ने बाटो आफ्नै गाउँबाट जान लाग्दा साह्रै हर्षित देखिनुहुन्थ्यो । “यो ठाउँ यस्तो होला भन्ने लागेको थिएन, आज कालोपत्र हुँदैछ, अब गाउँमा बस्दा पनि आनन्द लागेको छ”, उहाँ भन्नुहुन्छ । उहाँ गाउँका कोही व्यक्ति बिरामी भयो भने पनि घरमै एम्बुलेन्स आउने बताउनुहुन्छ । 

उक्त सडक दोलखा जिल्लाको उत्तरी भेगमा पर्ने हालको विगु गाउँपालिका र साबिकका १३ गाविसलाई जोड्ने काठमाडौँदेखिको नजिकको मार्ग हो । बतासेदेखि लामाबगर हुँदै चीन नाकासम्मको दूरी झण्डै ५० किलोमिटरको हाराहारीमा रहेको छ । 

कर्थलीका ४७ वर्षीय पासाङ शेर्पा गाउँमै कालोपत्र सडक आएपछि अब दुःखका दिन गएको बताउनुहुन्छ । “बाटो नखुलेको बेला बाह्रबिसेबाट नुन, तेल, मरमसला बोकेर चार घण्टा उकालो चढ्नुपथ्र्यो, आज कालोपत्र सडक गाउँमै आएको छ, अब सामान गाडीमा राखेर घरमा ल्याउन पाइने भइयो, खुशीको सीमा नै छैन,” उहाँ भन्नुहुन्छ । 

सो सडक गौरीशंकर हिमालको पदयात्राका लागि पनि महत्वपूर्ण मानिन्छ । उक्त सडकले छुने ठाउँमा चौँरीका साथै यार्सागुम्बा, पाँचऔँले, खोटेसल्लो र धुपीजस्ता महत्वपूर्ण वस्तु पाइन्छन् । 
सो सडक सोही क्षेत्रका तत्कालीन सांसद एवम् वर्तमान सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा कालोपत्र हुन लागेको हो । मन्त्री बस्नेत जिल्लाको पूर्वी, उत्तरी क्षेत्र र दोलखा हुँदै चीनसम्म यातायातका साधनलाई सहज आवागमनका लागि उक्त मोटरबाटोलाई प्राथमिकतामा राखेर कालोपत्रको काम शुरु गर्न लागेको बताउनुहुन्छ । 

“यो बाटोले निकट भविष्यमा नेपाललाई चीनसँग जोडेर दुई देशबीचको सम्बन्ध र व्यापार–व्यवसायलाई जोड्न महत्वपूर्ण भूमिका खेल्नेछ,” मन्त्री बस्नेत भन्नुहुन्छ । 

निर्माणको जिम्मा पाएको जोइन्ट भेञ्चर (लुम्बिनी, बन्धक भगवती, ड्रागन) कम्पनीका इन्जिनियर रोहित पौडेल खत्री आफ्नो कम्पनीले पहाडी क्षेत्रमा बनाएको बाटोमध्ये सो बाटो नमूना बाटो भएको बताउनुहुन्छ । हाल कालोपत्र हुन लागेको बतासेदेखि दुरुमथलीसम्मको नौ किमी सडक रु ३३ करोडमा निर्माण हुन लागेको छ । रासस

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x