माघ १, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
काठमाडौं, २८ पुस– नेपाल चीनसँगको इन्टरनेट सञ्जालमा जोडिएसँगै इन्टरनेटमा भारतसँगको निर्भरता घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले चीनसँगको क्रस बोर्डरमा अप्टिकल फाइबर लिंक जोडिएपछि नेपाली इन्टरनेट बजारमा स्वस्थ्य प्रतिस्पर्धा हुने भएको हो ।
गत वर्ष भारत गरेको नकाबन्दीका कारण नेपालले ब्यहोर्नुपरेको सास्तीपछि इन्टरनेटमा पनि भारतसँगको निर्भरता तोड्नुपर्ने भन्दै सरकारले चीनबाट इन्टरनेट ल्याउने बनाएको योजना सफल भएको हो । टेलिकमले भारतका टाटा, एयरटेल, बीएसएनएल, भारत पन्जाव र रिलायन्सबाट २२ जीबी भोल्युमको इन्टरनेट नेपाल ल्याइरहेको थियो ।
सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत रं नेपालका लागि चिनिया राजदुत यु होङले संयुक्तरुपमा आज यो नेटवर्कको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ ।
हिउँले प्रभावित क्षेत्रबाट आउने अप्टिकललाई चीनले रि–रुटिङ गर्दै नेपाललाई इन्टरनेट जोड्न सहज वातवरण बनाइदिएको दुरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका सूचना अधिकारीसमेत रहेका बरिष्ठ निर्देशक पुरुषोत्तम खनालले रसुवागढी नाकाबाटनेपालमा चीनको इन्टरनेट सञ्जाल जोडिन लागेको जानकारी दए । उनका अनुसार एक वर्षदेखि चीनबाट इन्टरनेट ल्याउने भनिए पनि चिनियाँ क्षेत्रमा हिउँले अवरोध सिर्जना गरेपछि तोकिएकै मितिमा सम्भव नभएको हो ।
यसले नेपाली इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमा स्वस्थ्य प्रतिस्पर्धाको सुरु हुने उनको विश्वास छ । चिनियाँ इन्टरनेट टेलिकाको केन्द्रीय नेटवर्कमै जोडिएर उपभोक्तामाझ पुग्नेछ । ब्यवसायिक रुपमा भारतीय सेवा प्रदायकसँग भन्दा चीनबाट किनिएको इन्टरनेट लिंक थोरै महंगो भए पनि प्रतिस्पर्धात्मक रुपमा नेपाली बजारमा रहने प्राधिकरणका सूचना अधिकारी खनालको विश्वास छ ।
चीनबाट नेपालमा इन्टरनेट आउनुले नेपाली उपभोक्ताले प्रत्यक्ष लाभ नपाए पनि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले दिने सेवाको गुणस्तर बढ्ने कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)का पुर्व अध्यक्ष विनोद ढकाल बताउँछन् ।
‘ग्राहकले बुझाएको दस्तुर अनुरुपको सेवा र सुविधा कुनै आईएसपी कम्पनीले दिन नसकेको अवस्थामा इन्टरनेटको भोल्युम बढ्दा गुणस्तरमा प्रभाव पर्नुका साथै स्वस्थ्य प्रतिस्पर्धाको विकास होला भन्ने आशा गर्न सकिन्छ’ उनले लोकान्तरसँग भने, ‘अहिले इन्टरनेट कम्पनीहरुले आफ्नो क्षमता भन्दा बढी इन्टरनेट द्यिरहेका छन, गुणस्तर दिन सकिरहेका छैनन्, यो प्रवृत्तिको अन्त्य हुनेछ भन्ने कुरामा विश्वास गर्न सकिन्छ ।’ ’
यसलाई सकारात्मक रुपमा लिँदै स्वस्थ्य प्रतिस्पर्धा, बिस्तारै मूल्य र गुणस्तरमा प्रभावकारी हुने र इन्टरनेटमा धेरैको पहुँच बढ्ने कुरामा आशा गर्न सकिने ढकालको भनाइ छ ।
गत वर्ष नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थनीय केबुलमार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको थियो । चीनको इन्टरनेट जोडिएसँगै नेपालमा भारतको एकाधिकार भने तोडिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...