×

NMB BANK
NIC ASIA

कमजोर छैनन् सामुदायिक विद्यालय, आफ्नै सवारीसाधनदेखि अंग्रेजी माध्यममै पढाइसम्म

पुस २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, २८ पुस – नेपालमा प्रायः निजी विद्यालयहरूले मात्र विद्यार्थी बोक्नका लागिस्कूल बसको प्रयोग गर्छन् । तर, रुपन्देहीका केही सामुदायिक स्कूलले आफ्नै खर्चमा गाडी खरिद गरी विद्यार्थीहरूलाई सेवा दिइरहेका छन् । रूपन्देहीका चार वटा सामुदायिक विद्यालयले स्कूल बस भित्राएर विद्यार्थी ओसार–पसार गराउन थालेका हुन् । जसले गर्दा अभिभावकहरू पनि आफ्ना बालबच्चा गाडीमा विद्यालय जान पाएपछि सुरक्षाको महशुस गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

बुटवल–१० स्थित कालिका मावि, बुटवल–३ स्थित कान्ति मावि र तिलोत्तमा–५ स्थित शान्ति नमुना माविले टाढा–टाढाका विद्यार्थी बोक्न बसको व्यवस्था गरेका हुन् । यी विद्यालय उत्कृष्ट सामुदायिक विद्यालयमा समेत पर्छन् । कम शुल्क लिएर विद्यार्थीलाई बसको व्यवस्था विद्यालयहरूले गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नर्सरीदेखि कक्षा १० सम्म नै अंग्रेजी माध्यमबाट पठन–पाठन हुने यी विद्यालयले  बसको व्यवस्था गरेपछि अभिभावकहरु थप ढुक्कको महशुस गर्न थालेका छन् ।  ‘विद्यालयको शैक्षिक गुणस्तर देखेर धेरै अभिभावकले छोरा÷छोरी पढाउन चाहेका छन्’ कालिका माविका प्राचार्य घनश्याम पाठकले भने, ‘अधिकांश अभिभावकले छोराछोरी विद्यालयमा ल्याउन र पु¥याउन समय नभएर यहाँ पढाउन वञ्चित भएका थिए । यो समस्यालाई सम्बोधन गर्न बसको व्यवस्था गरियो ।’ प्राथमिक तहका बाल÷बालिकालाई बसको सुविधा दिने विद्यालयहरूले जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

कालिका स्कुलका ३ वटा बस छन् । एउटा गाडी भारतीय राजदूतावासको दिएको हो । एउटा नेपाल सरकारको भन्सार छूटमा ल्याएको हो भने, अर्को विद्यालयले आफ्नै लगानीमा खरिद गरेको हो । विद्यालयमा सैनामैना नगरपालिकाको बाँसगढी, देवदहको खैरेनी र तिलोत्तमाको मणिग्रामसम्मबाट विद्यार्थी पढ्न आउने गर्छन् । विद्यालयमा ४ हजार ३ सय भन्दा बढी अध्ययनरत छन् । 

Vianet communication
Laxmi Bank

तिलोत्तमाको शान्ति नमूना माविले पनि बसको व्यवस्था गरेको छ । विद्यालयमा अध्ययन गर्र्नेमध्ये अधिकांश निम्न वर्गका अभिभावकका छोराछोरी भएकोले उनीहरूलाई सहज रूपमा विद्यालयमा ल्याउनका लागि बसको प्रयोग गरिएको प्राचार्य कूलप्रसाद लामिछानेले बताए । 

‘हामीले  विशेष गरी कक्षा ५ सम्मका विद्यार्थीहरूलाई लक्षित गाडी सञ्चालनमा ल्याइएको हो’ लामिछानेले भने, ‘अहिले एउटा गाडी छ । छिट्टै अर्को बस ल्याउने तयारीमा छौँ । बस सुविधा भएपछि विद्यार्थी अझै बढ्ने आशा गरेका छौँ ।’ गाडीको सुविधा भएपछि ८ किलोमिटर टाढाबाट पनि विद्यार्थी विद्यालयमा पढ्न आउने गरेका छन् । 

त्यस्तै बुटवलस्थित कान्ति माविले पनि ३ वटा गाडी प्रयोगमा ल्याएर विद्यार्थीलाई सेवा दिइरहेको छ । विद्यालयको एउटा आफ्नै गाडी र दुई वटा भाडामा लिएर सञ्चालनमा ल्याएको छ । विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले टाढाका विद्यार्थी विद्यार्थीहरूलाई लक्षित गरी स्कूलले गाडीको व्यवस्था गरेको बताए । 

‘विद्यालयलाई आवश्यकता पनि भयो’ प्राचार्य ज्ञवालीले भने, ‘अभिभावकहरूले पनि आफ्नो बच्चा स्कूल पुग्यो कि पुगेर भनेर चिन्ता हुन्छ । विद्यालय छुट्टी भएपछि घर नआउने जस्ता समस्याबाट मुक्त गराउन हामीहरूले योजनाका साथ गाडी राखेको हो ।’ 

विद्यालयले गाडी राखेपछि २२ किलोमिटर पश्चिम सालझण्डीसम्मबाट विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन् । कान्तिले २०७० सालदेखि भाडामा गाडी राखेको विद्यार्थी बोक्न शुरु गरेको हो । 

त्यस्तै शिवपुर माविले पनि भाडामा गाडी लिएर विद्यार्थी बोक्दै आएको जनाइएको छ । स्कूल बस सञ्चालनसँगै चार वटै विद्यालयमा निजी विद्यालयहरु छोडी भर्ना हुन आउने विद्यार्थीहरुको संख्यामा वृद्धि भएका विद्यालयहरूको जनाएका छन् । 

त्यस्तै नवीन औद्योगिक कदरबहादुर रीता माविले पनि आवश्यकताअनुसार गाडी राख्न सकिने बताएको छ । विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतले तिनाउ पारिका विद्यार्थीहरू ल्याउन आफूहरू गाडी खरिद गर्ने तयारीमा रहेको बताए । यी विद्यालयकको वार्षिक नतिजा निजी विद्यालयको भन्दा कमी हुँदैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x