ट्राफिक नियम मिच्नेहरू होसियार, सितारामको चस्माले रेकर्ड गर्ला !

पुस २८, २०७४

काठमाडौं, पुस२८-  प्रविधि अहिले हरेक मानिसको जीवनमा अपरिहार्य भएको छ  । प्रविधिले मानिसका हरेक जसो कामलाई सहज बनाइदिएको छ । 

सरकारी नियकायहरुले पनि प्रविधिको प्रयोग गर्दै सेवालाई चुस्तदुरुस्त र प्रभावकारी बनाउन थालेका छन् । 


ADVERTISEMENT

ट्राफिक प्रहरीले पनि सवारी व्यवस्थापन, सवारी साधन चोरी, लेन अनुशासन लगायतलाई प्रभावकारी गर्न प्रविधिको प्रयोगलाई बढाएको छ । 

प्रबिधिलाई प्रयोग गर्दै आफ्नो कामलाई छिटोछरितो बनाएका छन् ललितपुर जिल्ला ट्राफिक प्रमुख सिताराम हाछेथुले । पछिल्ला दिनमा  ट्राफिक अडियो भिडियो रेकर्ड गर्ने  चस्मा ड्रोन क्यामेरा, गोप्रो क्यामेरा, सिसिटीभि क्यामेरा, सर्भिलियन्स भेहिकल आदिको प्रयोग गर्दै आएको छ । 

भिडयो रेकर्ड र फोटो समेत खिच्न सक्ने खालको क्यामेरा जडान भएको चस्मा हाछेथुले उपहारमा पाएका छन् । उनले चीनबाट त्यस्तो विशेष खालको चस्मा मगाएका हुन् । सवारी चालकले गरेको गल्ती भिडियो र फोटोसमेत चस्माका माध्यमबाट कैद हुने हाछेथुले बताए । उनका अनुसार चस्माले अडियो समेत रेकर्ड गर्छ ।


 
 अहिले ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा १०० ठाउँमा सिसिटीभि क्यामेरा जडान गरेको छ । यस्तै उपत्यकामा ड्यिुटी गर्ने ६१ वटा गाप्रो क्यामेरा ट्राफिक प्रहरीेलाई वितरण गरिएको बताउँछन् महानगरी ट्राफिक प्रहरी प्रबक्त उमेश रन्जितकार ।'हामीले काठमाडौंमा भएको ट्राफिक व्यवस्थापनको लागि २ ओटा सर्भिलियन्स भेहिकल पनि प्रयोग गरिरहेका छौं ' प्रवक्ता रन्जितकारले लोकान्तरलाई भने । 

पछिल्लो समय ट्राफिक प्रहरीले प्रयोग गर्ने प्रविधीले गर्दा गल्ती गर्नेहरुको प्रमाणसहित कारवाहि गर्न सक्ने भएको छ । गल्ति गरेर पनि हामीले गल्ति गरेका छैनौ भन्ने सवारी चालकलाई उनीहरुको गल्तिको प्रमाणमा भिडियो देखाए पछि स्वीकारेको हाछेथुले बताए । 

रातिको समयमा पार्कि गरि राखेको बाइक चोरीका घटनाहरु पनि बढी रहेका बेलामा काठमाडौं उपत्यकामा भएका  सिसिटिभिमा रेकडिड ले गर्दा चोरहरु समाउन सजिलो भएको छ । यस्तै गोली हानि भाग्ने जस्ता घटनाको पनि सिसिटिभिको निगरानिले गर्दा समाउन सजिलो भएको छ  ।


 

पुस २८, २०७४ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस