छिन्ताङमा मारिका १५ युवा, जसले ३८ वर्षपछि शहीदको मान्यता पाए

पुस २८, २०७४

काठमाडौं, २८ पुस– सरकारले २०३६ साल कात्तिक २७ गते धनकुटाको छिन्ताङमा मारिएका १५ जनालाई शहीद घोषणा गरेको छ । 

शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले छिन्ताङ काण्डमा मारिएका १५ जनालाई शहीद घोषणा गरेको छ । 


ADVERTISEMENT

पञ्चायती राज्य व्यवस्थाको विरोधमा तत्कालिन नेकपा मालेमा संलग्न भएका १६ जना युवालाई सरकारी पक्षबाट मारिएको थियो । त्यतिबेला सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । 

छिन्ताङमा गोपालआनन्द राई, भैरबहादुर राई, बलबहादुर खत्री, धनवीर दर्जी, गम्भीरमान दर्जी, टंकबहादुर विश्वकर्मा, लाखमान साधु राई, रणध्वज पुमा राई, केशरमान राई, गणेशबहादुर विश्वकर्मा, हाँखिमा राई (साँहिली), पुत्रमान राई, झगेन्द्र रार्ई, चन्द्रबहादुर दमाई र गंगाबहादुर तुप्रिहाङ राईको हत्या गरिएको थियो । 

पञ्चायती व्यवस्थाविरुद्ध भूमिगत गतिविधि सञ्चालन गर्दै आएको मालेको गतिविधि नियन्त्रण गर्ने नाममा सरकार प्रहरी परिचालन गरी १५ जनाको हत्या गरेको थियो । 

वामपन्थीहरुले सूर्यवबहादुर थापाले छिन्ताङमा १५ जनाको हत्या गरेको अभियोग लागाउँदै आएकोमा देउवा नेतृत्वको ९प्रजातान्त्रिक० सरकारले छिन्ताङमा सहादत प्राप्त गर्नेलाई शहीद घोषणा गरेको हो ।
 

पुस २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस