प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै सरकारबाट बाहिरियो माओवादी

पुस २८, २०७४

काठमाडौं, २८ पुस- माओवादी केन्द्रले पार्टीको तर्फबार सरकारका रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । 

आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारका विनाविभागीय मन्त्रीसमेत रहेका माओवादी नेता गिरिराजमणि पोखरेलले राजीनामा पत्र बुझाएका हुन् । 


ADVERTISEMENT

प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर पोखरेलले सरकारबाट बाहिरिने बेहोराको प्रत्र बुझाएका हुन् । 

माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरेका नौ मन्त्री र सात राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा विनाविभागीय मन्त्री बनाएका थिए । विनाविभागीय मन्त्री बनेको ८६ दिन पछि माओवादी मन्त्रीहरुले राजीनामा दिएका हुन् । 

वाम तालमेलसहित चुनावमा गएपछि माओवादीलाई सरकार छोड्न दवाब परेको थियो । तर, देउवा नेतृत्वको सरकारले चुनाव नगरान सक्ने भन्दै चुनावको सुनिश्चितता भएपछि मात्र राजिनामा दिए बताएपनि चुनाव सकिएको एक महिनापछि माओवादी मन्त्रीहरु सरकारबाट बाहिरिएका हुन् । 

नयाँ जनादेश आएलगत्तै प्रधानमन्त्री देउवाले राजीनामा नदिएका कारण नैतिकताका आधारमा राजीनामा दिएको पोखरेले बताए । 
 

पुस २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस