×

NMB BANK
NIC ASIA

शुक्रबार दिनभर : प्रदेश प्रमुख तोक्न आयोगको आग्रह, ६०/४० को भागबन्डा मिलाउँदै वाम गठबन्धन

पुस २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २९ पुस– निर्वाचन आयोगले तत्काल प्रदेश प्रमुख नियुक्त गर्न सरकरको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति घोषणा भई निर्वाचन कार्य तालिका समेत प्रकाशित भइसकेको अवस्थामा प्रदेश सभा सदस्यको निर्वाचनको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनु पर्ने भएकाले प्रदेश प्रमुख नियुक्ति गर्न सरकारसँग आग्रह गरेको हो ।
यसैबीच, आउँदो माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा २१ वटा राजनीतिक दलले सहभागीता जनाउन पाउने भएका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न गरेको आह्वानअनुसार २१ दलले सहभागीताका लागि आवेदन दिएका हुन् । 
आयोगले दिएको समयअनुसार दल दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्म २१ वटा राजनीतिक दलले दर्ताका लागि आवेदन दिएका निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । 

Muktinath Bank


वाम गठबन्धनमा भागबन्डा– वाम गठबन्धनले यसअघिकै जस्तै ६०÷४० प्रतिशतका आधारमा भागबन्डाको तयारी गरेको छ । एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवार, प्रदेश सरकार गठनलगायत विषयमा मापदण्ड तयार गर्न बनाएको कार्यदलले राष्ट्रिय सभाको चुनाव, प्रदेश मुख्यमन्त्री र सभामुख पदमा पनि विगतमा जस्तै भागबन्डा गर्ने गरी छलफल अघि बढाएको हो ।
कार्यदलको शुक्रबार बसेको बैठकले चारवटा आधार तयार बनाएर छलफल गर्ने निष्कर्ष निकालेको छ । प्रदेशगत रूपमा पार्टीको अवस्था, पार्टी एकताको भावना, सम्बन्धित पदका लागि आवश्यक योग्यता र समावेशी सन्तुलनलाई ख्याल गरेर उम्मेदवार तय हुने कार्यदलका सदस्य एवं एमाले नेता सुवास नेम्बाङले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


एमालेको निर्णय– नेकपा एमाले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिशको विधि तय गरेको छ । केन्द्रीय कार्यालय धूम्रबाराहीमा शुक्रबार बसेको केन्द्रीय सचिवालयको बैठकले संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएकामध्येबाट भौगोलिक र सामाजिक सन्तुलनका आधारमा उम्मेदवारी चयन गर्ने निर्णय गरेको हो । 


Advertisment
Nabil box
Kumari


प्रमाणपत्र सडकमा देखाउने होइन– प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको प्रष्ट पारेका छन् । रुकुम पूर्वको जिल्ला अदालत उद्घाटन गर्दै उनले अहिले सडकमा कोही कराउँदैमा सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक नरहेको बताए । 
अहिले केही विषयलाई लिएर न्यायपालिकाबारे अफवाह फैलाउने काम भए पनि सत्य कुरा बाहिर आएपछि सबै समस्याको समाधान हुने उनको भनाइ छ । 
यता, नेपाल बार एसोसिएनसले प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गर्दै अनशन तोड्न डा. गोविन्द केसीलाई आग्रह गरेको छ । शुक्रबार बसेको बारको कार्यसमिति बैठकले प्रधानन्यायाधीश पराजुलीलाई व्यक्तिगत रुपमा लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्ने र आफ्नो अनुकूल फैसला नआएसम्म प्रधानन्यायाधीशको राजीनामा माग गर्ने अनशनरत डा केसीका कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

Vianet communication
Laxmi Bank


मन्त्रिपरिषदको निर्णय– सरकारले ३८ बर्षअघि खोकु छिन्ताङ घटनामा मारिएका १६ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसको बैठकले धनकुटाको खोकु छिन्ताङमा भएको घटनामा मारिएकाहरुलाई शहिद घोषणा गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । 
बैठकले वैशाख १ देखि आर्थिक गणना गर्न २०७५ सूचित आदेश जारी गर्ने निर्णय पनि गरेको छ । 


माओबादीले सरकार छाड्यो– झण्डै तीन महिनादेखि विना विभागीय भूमिकामा रहेका माओवादी केन्द्रका मन्त्रीहरुले शुक्रबार औपचारिक रुपमा सरकार छाडेका छन् । आफ्ना मन्त्रीहरुले सरकार छाडेको जानकारीसहितको पत्र नेता गिरिराजमणि पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाए । 
अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको पत्रमा आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाइएको जानकारीका साथै सरकारले जनादेशअनुसार नयाँ सरकार गठनका लागि आवश्यक वातावरण बनाउन पहल नगरेको गुनासो गरिएको छ ।  


रणनीति सार्वजनिक– स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले तयार पारेको महत्वकाङ्कक्षी रणनीति शुक्रबार सार्वजनिक गरेको हो । 
रणनीतिले नीति निर्माता, सेवा प्रदायक, यससँग सम्बन्धित मन्त्रालय, निकाय एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सूर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रम विकास र कार्यान्वयनमा मार्गदर्शन गर्नेछ । 


ट्याक्सी भाडा– पोखरा महानगरमा सञ्चालित ट्याक्सीहरुले अब मिटरमै यात्रुहरुलाई सेवा दिने भएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीमा भएको छलफलमा ट्याक्सी व्यवसायीहरु मिटर प्रणालीमा जान सहमत भएका हुन् ।
पोखरामा हालसम्म  सञ्चालित ट्याक्सीहरुले मनलाग्दी भाडा लिने गरेको थिए । अब भने १४ रुपैयाँबाट शुरु हुने भाडादर प्रतिकिलोमिटर ५० रुपैयाँ मात्र पर्नेछ । 


विदेशका खबर– न्यायलयमा भएको अनियमिततालाई लिएर भारतमा सर्वोच्च अदालतका चार न्यायाधीश प्रधानन्यायधीशविरुद्ध उत्रिएका छन् । उनीहरुले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानन्यायधी दीपक मिश्रमाथि महाअभियोग लगाउने वा नलागाउने बिषयमा देशले निर्णय गर्ने बेला आएको बताएका छन् । 
न्यायाधीशहरु जे चेलमेश्वर, रञ्नज गोगोई, मदन लोकुर र करियन जोसेफ प्रधानन्यायाधीश विरुद्ध उभिएका हुन् । 
यसैबीच, भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ । भारतले ३१ वटा भू–उपग्रहसहितको रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ पठाएको बताइएको छ । 


खेल खबर– मनाङ मस्र्याङदी क्लब धनगढीमा जारी सुदुपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनल खेलमा शुक्रबार रुपन्देही ११ लाई ४–० गोलअन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दीले अन्तिम चारमा स्थान बनाएको छ । मनाङले अब सेमिफाइनलमा नेपाल आर्मीसँग खेल्नेछ । 
–नेपाली सेनाका दिनेश श्रेष्ठले नयाँ कीर्तिमान बनाएका छन् । राखेप च्याम्पियनसिप २०७४ अन्तर्गतको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा १०५ केजी तौलमा स्नाच तर्फको १९ वर्ष अघिको कीर्तिमानलाई भंग गर्दै उनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । 
उनले स्नाचमा १ सय २१ किलो तौल उठाए । यसअघि मदन शिवभक्तिको नाममा १ सय २० केजीको कीर्तिमान कायम थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x