‘मिस्टर झोले’ले पायो सकारात्मक प्रतिक्रिया

काठमाडौं, २९ पुस– प्रदर्शनको पहिलो दिन नै चलचित्र ‘मिस्टर झोले’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । ‘मिस्टर झोले’ शुक्रवारबाट प्रदर्शन भएको हो । 

रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रको संवाद र कलाकारको अभिनयले प्रशंसा पाएको छ । शुक्रबार बिहान आयोजना गरिएको प्रेस सोमा अभिनेता राई पत्नी र छोरा सहित उपस्थित थिए । चलचित्र हेरिसके पश्चात् दयाहाङकी श्रीमतीले दयाहाङको अभिनयले मन छोएको प्रतिक्रिया दिएकी थिइन् । 

निर्देशक गुरुङ, नायिका दिया पुन, निर्माताहरू टेकेन खड्का, रौनक विक्रम कंडेललगायत उपस्थिति थिए । नायक संजोग कोइराला, नायिका मेनुका प्रधान, सृजना सुब्बा लगायतले फस्ट सोमा मिस्टर झोले हेरेका थिए ।
 

पुस २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस