बाक्लो हुस्सुका कारण बस आपसमा ठोकिँदा १७ जना घाइते

कैलाली, २९ पुस– कैलालीको लम्किचुहा नगरपालिका वडा नम्वर ६ गुलरामा शनिबार बिहान दुईवटा बस ठोकिदा १७ जना घाईते भएका छन । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । 

हुस्सुका कारण सडक नदेखिएपछि बस एक आपसमा ठोकिएका हुन । टिकापुरबाट धनगढी आउदै गरेको ना ४ ख ५१३२ नम्बरको बस र धनगढीबाट बुटवल जाँदै गरेको ना ७ ख २२६ नम्वरको बस एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

पुस २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस