कात्तिक १३, २०८०
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
स्कुलमा पढ्दा सुनेकाे थिए, एउटा झुट लुकाउन, सय झुट बोल्नुपर्छ भनेर । त्यसैले पनि झुट बोल्ने बानी थिएन । राम्रो होस् वा नराम्रो कुरा मलाई झुट बोल्न मन पर्दैन पनि । जे हो सहि कुरा बताउने, सोझी नै थिए म । तर पहिलोपटक यति धेरै झुट बोलियो । अनि हुदै नभएको श्रीमान्को पनि खुबै प्रशंसा गरियो ।
झुट बोल्दा आफूलाई र अरुलाई पनि हानी हुदैन भने समय र परिस्थिती अनुसार कहिलेकाहीँ झुट बोल्नु पनि आवश्यक हुन्छ भन्ने धेरैका तर्क सुनेको थिए । जब भोगियो, त्यसपछि यो तर्कको महत्व थाहा भयो ।
०००
‘छोराछोरी कतिजना छन् तपाईको ?’ यो मेरो लागि अनौठो प्रश्न थियो । किनकी म अविवाहित हुँ । अविवाहित भएको कारणले मात्रै होइन, कार्यालय होस् वा अन्य ठाउँमा सबैले मलाई सानी देख्थे । कार्य शिलशिलामा परिचित बनेका केही साथीहरुले सानी देखेरै नै होला, फुच्ची भन्छु है भन्दै जिस्काउँथे पनि ।
त्यसैले पनि मेरो लागि अनौठो प्रश्न थियो त्यो । सधैं जिस्कने हाँस्ने अनि साना कुरामा पनि धेरै रमाउने म । मलाई मज्जासँग हास्ने ठूलो बहाना भेटिएको थियो । मनले त बेजोडले हाँसिसकेको थियो । तर त्यो हाँसोलाई मनमै दबाए ।
केही समयपछि निकै संयमतापूर्वक नहाँसि जफाव दिए । ‘मेरो छोराछोरी छैनन् दाइ ।’
मनमनै सोचे, ‘मलाई सानी नदेख्ने पनि भेटिए आज ।’ ओठको हाँसो लुकाए पनि मनले हाँसो कन्ट्रोल गरेकै थिएन ।
उसले मेरो जवाफ कुरेरै बसेको रैछ । ‘विहे नै भएको छैन होला ?’ जिस्कने शैलीमा अर्को प्रश्न छिटै गरिहाल्यो ।
मेरो दिमागले पनि ढिला गरेन ‘यो मान्छे मसँग जिस्कन खोज्दैछ’ भन्ने सोच्नलाई । जिस्काउने बहाना दिनु हुँदैन भन्ने लाग्यो ।
‘होइन दाई विहे त भइसक्यो, म विवाहित नै हुँ ।’ मैले नसोचेको प्रश्नप्रति जवाफ पनि नसोचैकै दिए ।
‘होइन होला ?’ मेरो जवाफलाई विस्वास गर्न तयार थिएन उ । किनकि उसले सोचेजस्तो पाउन सकेन ।
‘आठ महिना भयो बिहे गरेको, अहिले छोराछोरी त कसरी हुनु ?’
००००
कुपन्डोलमा साथीलाई कुरेर बसेको दुई घण्टा भएको थियो । एक बजे राष्ट्रिय सभा गृहमा पुग्नुपर्ने । त्यहाँ सबैजना जम्मा भएर शुक्रबार लप्सीफेदी जाने कार्यक्रम थियो । अफिसमा भोलिपल्टको लागि पनि फिचर समाचार दिएर म समयमै निश्किएको थिए ।
तर साथीलाई कुर्दा कुर्दा कुपन्डोलमै तीन बज्यो ।
सभागृहमा हामीलाई कुरेर बसेको बस पनि हिँडिसक्यो भनेर फोन आयो । यता २ घण्टा कुुराएकी साथीले आफू साँझ ५–६ बजे मात्रै जाने भनेर म्यासेन्जरमा जवाफ पठाइ । म अफिसमा जानकारी गराएरै एक बजे नै निस्किसकेको थिएँ । अब फेरि ५–६ बजेसम्म त्यही ढिला गर्ने साथीलाई कुरेर बस्ने धैर्यता थिएन मसँग । बरु नजाने भनेर जानकारी दिए ।
सभागृहबाट छुटिसकेको बसले चावहिलमा हामीलाई नै पर्खिरहेको छ भनेर फेरि फोन आयो । हामीलाई ट्याक्सीमै चावहिलसम्म आउनु भनेर आयोजकबाट फोन आयो । कुपन्डोलकै बस स्टेसन नजिक उभिएको थिए म । म नजिकै एउटा ट्याक्सी रोकिएरै बसिरहेको थियो । नजिकै गएर सोधे, ‘दाइ चावहिल जाने ?’
‘बस्नुस् न लग्दिन्छु ।’
‘कति हो नि भाडा ?’ मैले सोधे ।
‘टाढा नै छ ४ सय रुपैयाँ ।’ निकै ढिला भएको थियो । अरु प्रश्नै नगरी म ट्याक्सीमा बसे । थापाथली पनि नपुग्दै जाममा परियो । म फोनमा व्यस्त थिए ।
‘दाइ यहि जाममा परियो । धेरै समय लाग्छ जस्तो छ है ?’ दिक्क मान्दै मैले सोधे ।
‘खै आधाघण्टा त लाग्छ होला ।’ उसले इग्नोर गरेको शैलीमा जवाफ दियो ।
‘दाइ जताबाट छोटो बाटो छ, त्यहिँबाटो लैजानुस् है ।’ मैले आग्रह गरे ।
जाम खुल्यो । उनले हुन्छ भन्दैं माइतिघरबाट सिहंदरबारको बाटोतर्फ ट्याक्सी मोडे । सिहंदबारबाट अनामनगर जाने सडकमा पनि लामै जाम थियो ।
जाममा भएकै बेला ट्याक्सी ड्राइभरले सोधे, ‘छिटै पुग्नुपर्ने छ होला है । चिन्ता नगर्नु, भित्री सडकबाट अलि छोटोपर्छ त्यहिँबाट जाउँला ।
मैले हाँसेर मात्रै प्रतिक्रिया दिए ।
उसले साेध्याे, ‘बहिनीको अफिस चै कुपण्डोलमा ?’
‘हजुर’
‘अनि घर कहाँ हो नि ?’
‘धादिङबेशी’ सहजै उत्तर दिए ।
‘ए होर, म नि गएको छु धादिङ त । सिम्ले, आदमघाट, बैरेनी भन्ने ठाउँहरु छ हैन ?’
‘हो हो छ ।’ आफ्नो जिल्लाको कुरा गर्दा जो कोही पनि सहजै बोल्छन् नै । त्यसो त नबोलिकन बस्ने, मेरो बानी पनि छैन । उसले सोधेको कुराको सिधा जवाफ दिए ।
‘तपाइको थर के हो नि ?’ नाम भन्दा पहिला थर के हो भनेर सोधे ।
‘लम्साल’ थरमात्रै बताए । छिटै सोधिहाले ‘लम्साल भन्या के हो ?’
मेरो थरको बारेमा डिटेलमा किन सोध्नुपरेको होला, मलाई झ्याउ लाग्यो ।
मैले नि भन्दिए, ‘लम्साल भन्या थर ।’
‘मलतब बाहुन कि क्षेत्री हो लम्साल थर ?’
‘लम्साल बाहुँन, क्षेत्री दुवै हुन्छन् । म क्षेत्री हुँ ।’ धेरै डिस्कस गर्न मन थिएन । त्यसैले सिधा जवाफ दिए ।
‘छोराछोरी कतिजना छन् तपाईको ?’
आफ्नो छोराछोरी नभएको कुरासम्म पनि सत्य नै बताएको थिए ।
०००
उसले मेरो विहे भएको कुरा पत्याएकै थिएन । म उसको ट्याक्सीमा पछाडि सिटमा बसेको थिए । उसले आफ्नो अगाडि रहेको लुकिङ ग्लास मेरो फेस देखिने गरी मिलायो । मोवाइल चलाउँदै गरेपनि मैले देखेको थिए, मेरो ध्यान मोवाइमै थियो ।
‘विहे गरेको भए खै त सिन्दूर लाउनु भएको ?’ मेरो नजर मोवाइलबाट अगाडिको लुकिङ ग्लासमा पुग्यो । उसले मलाई नै हेरिरहेको रैछ । मभन्दा पनि मेरो खाली रहेको सिउँदोमा उसको नजर थियो । मेरो दाइने हात निधार हुँदै सिउँदोमा पुगिसकेको थियो । ‘विवाहित भएको भए सिन्दूर लगाउँथे वा लगाउँदिन थिए’ यो विषयमा मैले सोचेको थिइन । सोच्ने समय नै भएको थिएन, कसरी सोच्नु ।
लौं अब के भन्ने म एकछिन ट्वाँ परे । सिउँसोसम्म याद गर्न भ्याएछ, उफ् ।
०००
विवाह गरीसकेका साथीहरुलाई संझन पुगे । उनीहरुले अफिस र कजेल जाँदा सिन्दूर लगाउदैनथें । केही दिन अघि कलेजमा विवाहित साथी लक्ष्मीले विवाह पछिको लाइफको बारेमा धेरै नै बताएकी थिइ । लक्ष्मी विवाहित हुन् भनेर सुरुमा हामीले पनि पत्याएका थिएनौं । ज्याकेटको चेन फुकालेर घाटीमा रहेको रातो पोतेको माला देखाएर मोवाइलमा आफ्नो श्रीमान्सँगै बसेको फोटो समेत देखाएपछि मात्रै विस्वास गरेका थियौ, लक्ष्मी विवाहित हुन् भनेर । किनकी उनी हाम्रै उमेरकी थिइन् । कलेजमा पनि सँगै पढ्ने । उनको सिउँदोमा सिन्दुर छ या छैन भनेर मैले कहिल्यै हेरिन् । उनले हामीलाई विवाहित हुँ भनेको दिन उनको सिउँदोमा सिन्दूर थिएन । उनले आफु घरमा बस्दा मात्रै सिन्दूर लगाउने गरेको बताएकी थिइन्् ।
००००
‘विवाह भइसक्यो भनेर झुक्याउनु भएको ?’ ट्याक्सी ड्राइभरको अर्को प्रश्न तेर्सियो ।
‘आजभोली बाहिर हिड्दा नि के सिन्दूरपोते लगाएर हिड्नु, विहे गरेको भन्दैमा सिन्दूर लगाएर हिड्नुपर्छ र ? बाहिर हिड्दा त म सिन्दूर लगाउँदिन ।’ साथीले भनेको कुरालाई संम्झदै मैले कपि–पेस्ट जवाफ फर्काए ।
‘बिहे गरेको भए पछि चिनिने गरी हिँड्नुपर्छ नि ? सिन्दूर लगाएर हिड्नुपर्छ ।’ अब उसले म विवाहित भएको कुरा पत्यायो सायद ।
तर उसले भनेको, ‘बिहे गरेपछि चिनिने गरी हिँड्नुपर्छ’ भन्ने शब्दले भने मेरो दिमाग तात्यो ।
‘बिहे गरेका महिलाले चिनिने गरी नै किन हिड्नुपर्ने ? महिलाले किन सधैं सिन्दूर लगाएर हिड्नुपर्ने ? अनि पुरुष विवाहित हुन् भनेर चिनिने कसरी नि ? उनीहरु चाहिँ विवाहित हुन् भनेर चिनिनु नपर्ने ?’ यी सबै प्रश्नमा उसलाई मनभरिको जवाफ फर्काए ।
‘सिन्दूर त घर जाँदा मात्रै लगाउँने हो । अफिस जाँदा कहाँ सिन्दूर लगाएर हिड्नु । खै मेरो श्रीमान्ले त केही नि भन्नुहुन्न सिन्दूर नलगाउँदा पनि,’ उसको ‘इरादा’लाई गलत सावित गर्न हुँदै नभएको श्रीमान्को पनि प्रसंशा गर्नैपर्यो ।
‘विवाह नै गरीसकेको भए, सिन्दूर लगाएर हिड्दा कसैले आँखा लगाउँदैनन् । सिन्दुरले सुरक्षा पनि दिन्छ नि । त्यसैले सिन्दूरलगाएर हिड्ने गर्नु,’ उ पनि आफ्नो मान्यतबाट पछि हट्ने संकेतमा थिएन ।
तर उसका तर्क जति सुन्यो त्यति ‘इरिटेट’ गर्ने खालका ।
‘सिन्दूरलगाउँने महिला मात्रै सुरक्षित हुन्छिन् र ? के अविवाहित नारीहरु सबै असुरक्षित छन् त ?’ उसका तर्कमा सहमत हुने पक्षमा थिइन् म ।
‘यो काठमाडौं हो । के भन्न सकिन्छ र ! यहाँ धेरै थरिका मान्छे हुन्छन् । विवाह गरेको हो भने त्यति वास्ता हँुदैन । अनि सुरक्षा मात्रै होइन । बिहे नगरेको भए त साथी बनौं, प्रेम गरौं भन्नेहरु पनि हुन्छन् । विवाह गरिसकेकालाई माया गर्दा अर्को समस्या हुन्छ । गरिसकेकोलाई त मनपराउनु भएन नि !’ उसले आफ्नो ‘औकात’ देखाउनै शैलीको जवाफ दियो ।
‘सिन्दूरलगाएर हिड्ने गर्नु । नत्र अरुले जिस्काउछन् । राम्री हुनुहुन्छ अरुले मन पराउँन सक्छन् ।’
म कन्फम भए । यदि मैले बिहे गरेको छैन भनेको भए उ मलाई पक्कै जिस्काउँथ्यो ।
म अविवाहित हुँ भन्ने मलाई मात्रै थाहा थियो । ती ट्याक्सी ड्राइभरले त म विवाहित नै हुँ भन्ने सोचेको थियो । त्यसैले विवाहित जस्तै बनेर जवाफ दिनुपर्ने थियो ।
‘बाटोमै देख्दा मनपर्ने, माया गर्ने नि हुन्छन् र ? आफु सही बाटो हिँड्यो भने कसले जिस्काउँछ । के गर्न सक्छ । यदि सिन्दुरले नै नारीको सुरक्षा हुने भए त बिहे नगरेका बहिनीहरुलाई पनि सिन्दूर लगाएर हिँड भन्नुपर्यो,’ आक्रोश मिश्रित शैलीमा मैले उसलाई सोध ।
उसले मेरो सवाललाई फिस्स हाँसेर टार्यो ।
ट्याक्सी चावहिल चोकको जाममा पुगेको थियो । म ओर्लने ठाउँ नजिकै पुगिसकेको थिए । त्यो एकछिनको जामले पनि दिक्क बनाएको थियो मलाई । म घरी मोवाइल र घरी सवारी चापले अस्तव्यस्त बनेको चावहिल चोक हेर्दै थिए ।
१० मिनेटको पट्यार लाग्दो पर्खाइपछि जाम खुल्यो ।
‘तपाईँलाई कहिले पुगुम् जस्तो भएको होला, मलाई त जाम भइदिए हुन्थ्यो जस्तो लागिरहेको छ,’ जाम खुलेपछि मतिर हेरे मुख मिठ्याउँदै उसले भन्यो ।
उसको गलत इरादाबारे म पहिलेदेखि नै जानकार थिए । झर्ने ठाउँमा पुग्दा उसले गर्ने प्रश्नको सामना गर्ने साहस भने बढेको थियो ।
‘दाई तपाईंलाई त जाम नहुँदा पो फाइदा हुन्छ त । मलाई छिटै पुर्याउनुभो भने अर्को प्यासेन्जर बोक्न पाउनुहुन्छ,’ हातमा सय–सयका ४ नोट थमाउँदै मैले उसलाई भने ।
‘पैसा मात्रै ठूलो कुरा होइन नि,’ मैले दिएका सयका ४ नोट आफ्नो पाइन्टको पछाडिको खल्तीमा कोच्दै उसले भन्यो ।
म भने उसको मुख पनि नहेरी ट्याक्सीबाट उत्रिएँ ।
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...