×

NMB BANK
NIC ASIA

२४ घण्टाकाे अपडेट : देशभर कहाँ के भयो ?

पुस २९, २०७४

NTC
Sarbottam
कैलालीको लम्की–चुहामा भएकाे सवारी दुर्घटना
Premier Steels
Marvel

काठमाडौं, २९ पुस– वितेका २४ घण्टामा देशका विभिन्न स्थानमा घटनाहरु घटेका छन् । 

Muktinath Bank

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बिराटनगर महानगरपालिका–२ सोमबारे हाट नजिकबाट नगद लुटी भागेका सुनसरीको बेलगाछी–८ बस्ने १६ वर्षीय देवा मण्डल र सुनसरीकै गडी गाउँपालिका–४ बस्ने २१ वर्षीय अजय मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त ठाउँमा साइकलको अगाडि डिक्कीमा राखेको ८० हजार रुपैयाँ लुटी लगेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले खोजी गर्दै जाने क्रममा बिराटनगर महानगरपालिका–५ जामुनगाछीमा मे.३ प ७२६ नम्बरको मोटरसाइकलमा जाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ६ हजार ८ सय २० रुपैयाँ नगद र १ थान मोबाईल बरामद भएको छ । उक्त मोटरसाइकल गत असोज ८ गते कोशी अंचल अस्पताल अगाडिबाट चोरी गरी लगेको भन्ने बुझिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

यसैगरी काभ्रेको    पनौती नगरपालिका–१० दालडाँडास्थित हिमालय वचत तथा ऋण सहकारी संस्थाको मुलगेटको ताला फोडेर  सेफमा राखेको ७ लाख ८ हजार रुपैयाँ शुक्रबार राति चोरी भएको छ ।

Vianet communication
Laxmi Bank

धादिङको थाक्रे गाउँपालिका–५ बसेरीस्थित त्रिभुवन राजपथमा बा.१६ च ७७३ नम्बरको स्कारपियो गाडी शनिबार आफै अनियन्त्रित भई दुर्घटना हुँदा गाडी चालक चितवनको सौराहा बस्ने ३५ वर्षीय भाजुराम महतोको घटनास्थलमै मृत्यु भएको छ । गाडीमा सवार सोही ठाउँ बस्ने ३ वर्षीया खिमकुमारी महतो गम्भीर घाइते भएकोले उपचारको लागि धार्के अस्पताल लगिएको छ ।

यसैगरी झापाको दमक नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा मे.१ ख १७१० नम्बर र को.१ ख ३६५९ नम्बरका यात्रुबाहक बस शनिबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मे.१ त ४७५४ नम्बरको ट्याक्टर समेत मे.१ ख १७१० नम्बरको बसमा ठोकिन गई दुर्घटना हुँदा दुवै बसका चालक समेत १७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि दमक अस्पताल पठाइएको र अवस्था सबैको बोल्न सक्ने रहेको छ । उक्त ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कैलालीको लम्की–चुहा नगरपालिका–६ गुलरामा ना.७ ख २२६ नम्बरको बस र ना.४ ख ५१३२ नम्बरको बस शनिबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि कोहलपुर पठाइएको छ ।

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित सडकमा लु.१ ख ६९४ नम्बरको बसले यूके–०६–एजे–६३२० नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कञ्चनपुरको बेतकोट नगरपालिका–९ बस्ने २ वर्षीय मनोज बोहोराको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेको  धुलिखेल नगरपालिका–४ बाँसघारीस्थित अरनिको राजमार्गमा पनि  बा.५९ प ८९५१ नम्बरको स्कुटरलाई ना.६ ख १९४३ नम्बरको बाह्रचक्के गाडीले शुक्रबार ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक धुलिखेल नगरपालिका–९ बस्ने ५२ वर्षीय राजकुमार ठकुरीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने गाडी प्रहरीको नियन्त्रणमा छ भने हाल फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको  छ ।

बर्दियाको  बाँसगढी नगरपालिका–९ माछागढमा पनि लु.१ ख १० नम्बरको ट्रकले भे.७ प ५४५ नम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय मनिराम चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी सोही मोटरसाइकलमा सवार मनिरामकै श्रीमती ४० वर्षीया देवकली चौधरीलाई थप उपचारको लागि भारतको लखनउ रिफर गरिएको छ । 

सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित भित्री सडकमा बा.२८ प १०६२ नम्बरको मोटरसाइकलले ३ वटा साईकललाई शुक्रबार ठक्कर दिँदा भएको दुर्घटनामा ७ जना घाइते भएका छन् । मोटरसाइकल चालक सप्तरीको सप्तकोशी नगरपालिका–४ बस्ने २० वर्षीय रिकेशकुमार चौधरी लगायत ४ जना र साईकलमा सवार सप्तरीको कन्चरुप नगरपालिका–६ बस्ने १८ वर्षीय शिरिशकुमार सदा लगाएत ३ जना गरी ७ जना घाइते भएकोमा ५ जनालाई स्थानीय मेडिकलमा र २ जनालाई बिराटनगर गोल्डेन रिफर गरी उपचार भइरहेको छ । उनीहरुमध्ये ४ जनाको अवस्था गम्भीर र ३ जनाको सामान्य रहेको छ ।

तता चितवनको     भरतपुर महानगरपालिका–२१ संबिधान चोकस्थित आफ्नै घरको दुईतला माथि छतमा सुकाएको कपडा उठाउन जाँदा अचानक छतबाट तल खस्न जाँदा गम्भीर घाइते भएकी ५१ वर्षीया मिठुदेबी रसैलीको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै बर्दियाको  बारबर्दिया नगरपालिका–४ बैरिया बस्ने ६५ वर्षीय पुन्सा थारुको नदीमा डुबेर शुक्रबार मृत्यु भएको छ । सोही ठाउँस्थित बबई नदी किनारामा बाख्रा चराउन गएको अवस्थामा पानी पिउने क्रममा अचानक डुबेर उनको मृत्यु भएको बताइएको छ ।

पर्साको आफ्नै घर अगाडि जमेको पानीको खाल्डोमा शुक्रबार डुबेर बेहोस भएका बहुदरमाई नगरपालिका–१ बिश्रामपुर बस्ने मनोज यादवको छोरा २ वर्षीय श्याम यादवको उपचारको लागि नारायणी उप–क्षत्रीय अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

तनहुँको  व्यास नगरपालिका–११ फराकचौर बस्ने ४० वर्षीय शंकर जिसीको शुक्रबार करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँस्थित जिसी गाईफारम नजिक बिजुलीको ट्रान्समिटर जडान भएको पोलमा चढ्दा अचानक करेण्ट लागेर उनको मृत्यु भएको हो ।

यस्तै रौतहटको गढिमाई नगरपालिका–२ समनपुर बस्ने स्थानीय समनपुर बजारमा मागी खाई हिँड्ने गरेका ६० वर्षीय बिश्वनाथ पासवानको चिसोको कारण शनिबार मृत्यु भएको छ ।

यसैगरी रौतहटकै कटहरिया नगरपालिका–६ दुधिहवा भार टोलमा बस्दै आएकी माधवनारायण नगरपालिका–७ लौकाहाकी ६५ वर्षीया धुपलीदेवी साहको घरमै सुतिरहेको अबस्थामा चिसोको कारण शुक्रबार मृत्यु भएको छ ।

यसैगरी रौतहटकै कटहरिया नगरपालिका–५ कटहरिया टोल बस्ने ६५ वर्षीय शेख इद्रिसको आफ्नै घरमा सुतिरहेको अबस्थामा चिसोको कारण शुक्रबार मृत्यु भएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेज क्षेत्रमा मागी खाई हिँडने सुनसरीको ईनरुवा नगरपालिका–१ शान्ती चोकका ४० वर्षीय ढुण्डीराज पोख्रेल चिसोको कारण बाटैमा मृत्यु भएको अवस्थामा शुक्रबार फेला परेका छन् ।

यसैगरी सप्तरीकै डाक्नेश्वरी नगरपालिका–८ बिसरिया बस्ने ७० वर्षीया शुभावतीदेबी सरदार सुतिरहेको अवस्थामा चिसोको कारण शुक्रबार मृत्यु भएको छ ।

सिराहाकाे धनगढीमाई नगरपालिका–१३ सिम्ले बस्ने ३५ वर्षीया जिवछी मुखीया र नवराजपुर गाउँपालिका–२ मझौरा बस्ने ६८ वर्षीया बिल्टुनियादेवी शहाको चिसोको कारण शुक्रबार मृत्यु भएको छ ।

सबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x