जाजरकोटमा फैलिएको भाइरल एच३एन२ इन्फ्लुएन्जा भएको पृष्टि

सांकेतिक तस्बिर

काठमाडौं, २९ पुस– बिगत ३ सातादेखि जाजरकोटमा प्रकोपको रुपमा फैलिएको भाइरल ‘ए’ टाइप एन्फ्लुएन्जा ‘एच३एन२’ (H3N2) भएको पुष्टि भएको छ । 

भाइरल ज्वरोबाट जाजरकोटमा १३ जनाको मृत्यु भइसकेको छ । भाइरलका जाजरकोटको जुनीचाँदे गाउँपालिकाका कारण १ हजार ५ भन्दा बढी स्थानीय बिरामी परेका छन् । 

बिरामीबाट संकल गरिएको नमूना परीक्षण गर्दा उक्त भाइरल  ‘ए’ टाइप एन्फ्लुएन्जा ‘एच३एन२’ भएको पत्ता लागेको हो । 

जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटले नमूना संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । 

पाँच जना बिरामीको नमूना परीक्षण गर्दा १ जनामा ‘ए’ टाइप एन्फ्लुएन्जा ‘एच३एन२’ भाइरस फेला परेको जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । 
 

पुस २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार