×

NMB BANK
NIC ASIA

परीक्षा बोर्ड र पनिकाबीच समायोजनामा ढिलाइ

पुस २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २९ पुस–  माध्यमिक शिक्षाको संरचनात्मक परिवर्तनका लागि शिक्षा ऐनको आठौँ संशोधन लागू भएको १८ महिना बितेपनि राष्ट्रिय परीक्षा बोर्ड र पुरानो परीक्षा नियन्त्रण कार्यालय (पनिका), सानोठिमीबीचको समायोजनमा ढिलाइ भएको छ । 

संशोधित ऐनअनुसार कक्षा ९ देखि १२ सम्मको माध्यमिक शिक्षाको परीक्षा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्बाट रुपान्तरित बोर्डको भए पनि यस वर्षसमेत कक्षा १० को माध्यमिक शिक्षा परीक्षा सञ्चालनको कार्य पनिकाले गर्दैछ । बोर्डले कक्षा ११ र १२ को परीक्षा मात्र सञ्चालन गरिरहेको छ । 

बोर्डमा एक वर्षसम्म अध्यक्ष नियुक्ति नहुनु तथा शिक्षा मन्त्रालयले स्थानीय तहमा समायोजन भई जाने कर्मचारीको टुङ्गो लगाउन बाँकी रहेकाले दुई परीक्षा कार्यालयबीच समायोजन हुन ढिलाइ भएको हो । बोर्ड स्वायत्त निकाय र पनिका मन्त्रालयको मातहतको कार्यालय हो । बोर्डको मातहतमा कक्षा ११ र १२ का लागि आफ्नै परीक्षा नियन्त्रण कार्यालय छ । 

हाल बोर्डमा अस्थायीसहित कुल ३४० कर्मचारी छन् भने पनिकामा ६५ कर्मचारीको दरबन्दी छ । बोर्डले पनिकामा रहेको दरबन्दी उपलब्ध गराउन सरकारसँग माग गरेको छ । पनिकाका शिक्षा सेवाका कर्मचारी बोर्डमा सरुवा भएमा काजमा जानुपर्ने हुन्छ । 

बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले दुई कार्यालयको समायोजन नहुँदा आफूहरुले प्रत्यक्षरुपमा कक्षा ११ र १२ को मात्र परीक्षा सञ्चालन गरिरहेको बताउँदै स्थानीय तहमा कर्मचारी समायोजन कार्यले पूर्णता पाएर प्रदेशको राजधानी तथा नयाँ सरकार बनेपछि कक्षा ९ देखिको परीक्षा पूर्णतः आफूहरुले लिने बताए । 

परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमले दुई निकाय गाभ्ने काममा ढिलाइ भएको स्वीकार्दै ऐन र नीतिअनुसार माध्यमिक शिक्षाको परीक्षा सञ्चालनका लागि प्रयास भइरहेको बताए । शिक्षा ऐन (२०२८) को आठौँ संशोधन २०७३ असार १५ मा प्रमाणीकरण भई कार्यान्वयनमा आएको सो ऐनले कक्षा १ देखि ८ सम्म आधारभूत र ९ देखि १२ सम्म माध्यमिक शिक्षाको संरचना मानेको छ । विसं २०७२ मा लागू भएको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) ले पनि सोही प्रकारको विद्यालय संरचनाको अवधारणा अघि सारेको थियो । 

मन्त्रालय मातहतको पनिकाले हाल बोर्डले अख्तियार गरेको अधिकारका आधारमा कक्षा १० को परीक्षा सञ्चालन गर्दै आएको छ । शिक्षा मन्त्रालयको २०७३ असार १६ को निर्णयबाट साविकको परिषद्ले गरी आएको उच्च माध्यमिक तहको विद्यालय व्यवस्थापन/प्रशासनसम्बन्धी कार्य शिक्षा विभागले गरिरहेको छ । परिषद्को पाठ्यक्रम महाशाखाका सम्बन्धित अभिलेख तथा कागजात पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण गरिएको छ । 

परीक्षा व्यवस्थापन गर्न साविकको परिषद् हाल राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कार्यालयले जिल्ला शिक्षा कार्यालयको समन्वयमा सञ्चालन गर्ने र नतिजा प्रकाशन जिल्ला शिक्षा कार्यालयले गर्ने हालको अन्तरिम व्यवस्था रहेकोमा आगामी चैतमा जिशिका खारेजीसँगै जिल्ला तहमा परीक्षाको नयाँ संयन्त्र बन्नुपर्ने देखिन्छ । बोर्डका प्रदेश नं ६ मा बाहेक अन्य प्रदेशमा कार्यालय रहेपनि जिल्लामा कुन सरकारी निकायले परीक्षाको व्यवस्थापन गरिदिने भन्ने अन्योल छ । 

Sagarmatha Cement
Muktinath Bank

–प्रकाश सिलवाल 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x