×

NMB BANK
NIC ASIA

साइकल चढ्नाले पुरुषलाई कुनै हानी नगर्ने पत्ता लाग्यो

पुस २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

साइकल चढ्नाले पुरुषको यौन स्वास्थ्य वा मूत्र प्रणालीमा कुनै नकारात्मक असर नपर्ने एक अध्ययनले पत्ता लगाएको छ।

Muktinath Bank

अनुसन्धानकर्ताहरुले साइकल चढ्ने पुरुषहरूको दौड र पौडी खेल्ने पुरुषहरूसँग तुलना गर्दा सबैको यौन र मुत्र स्वास्थ्य उस्तै उस्तै पाएका थिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि गरिएका अध्ययनहरूले भने साइकल चढ्नाले पुरुषहरूको यौन स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने निष्कर्ष निकालेको अध्ययनकर्ताहरूले बताएका छन्।


Advertisment
Nabil box
Kumari

उनीहरु भन्छन् साइकल चढ्नुको "जोखिमभन्दा फाइदा धेरै गुणा बढी" छ।

Vianet communication
Laxmi Bank

पछिल्लो अध्ययन युके, अमेरिका, क्यानाडा, अष्ट्रेलिया र न्यूजिल्याण्डका २,७७४ साइकल चढ्ने पुरुषहरुमा गरिएको थियो। उनीहरूसँगै ५३९ पौडी खेलाडी र ७८९ धावक सहभागी थिए।

उनीहरूलाई यौन स्वास्थ्य र मूत्र प्रणालीबारे विभिन्न प्रश्नहरु सोधिएको थियो।

तीनै समूहका पुरुषको यौन स्वास्थ्य र मुत्र प्रणाली तुलनायोग्य पाइएको अनुसन्धानकर्ताहरुले बताएका छन्। तथापि केही साइकल चढ्ने पुरुषहरूमा चाहिँ मूत्र नली खुम्चिन सक्ने जोखिम पाइएको थियो।

त्यो अध्ययन अनुसार जोखिमको हिसाबले रमाइलोको लागि साइकल चढ्ने र दैनिक धेरै समय साइकल चढ्ने पुरुषहरूबीच उल्लेखनीय फरक पाइएन।

दुई वर्षभन्दा लामो समयदेखि साइकल चढ्ने पुरुष, प्रतिदिन २५ माइलका दरले हप्तामा तीन दिन साइकल चढ्ने पुरुष र कहिलेकाहीं मात्र साइकल चढ्ने पुरुषमा गरिएको अध्ययनपछि पछिल्लो निष्कर्ष निकालिएको हो।

पछिल्लो अध्ययनको निचोड 'जर्नल अफ युरोलोजी'मा प्रकाशित छ।

पछिल्लो अध्ययनको निष्कर्ष साइकल चढ्नाले पुरुषको यौन स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ भन्ने यस अघिका अध्ययनको निचोडसँग मेल नखाने नयाँ अध्ययनका लेखकहरुले जनाएका छन्।

युनिभर्सिटी अफ क्यालिफोर्नियाको युरोलोजी विभागका प्रमुख अन्सन्धानकर्ता बेन्जमिन ब्रेयर भन्छन्, "साइकल चढ्नाले मुटुको स्वास्थ्यलाई निकै धेरै फाइदा पुग्ने गर्छ। त्यसले हाड जोर्नीमा निकै कम असर पार्छ। सुरक्षित तरिकाले साइकल चलाउनेलाई जोखिमभन्दा धेरै गुणा बढी फाइदा पुग्ने गर्छ।"

लामो समयसम्म साइकल चलाउनेहरुले जननेन्द्रिय अंग वरपर केही अप्ठ्यारो महसुस गर्न सक्छन्। तर २० प्रतिशतभन्दा बढी समय उठेर साइकल चलाउनेहरूमा त्यस्तो समस्या निकै कम पाइएको अध्ययनले देखाएको छ।

-बीबीसीबाट 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x