×

NMB BANK
NIC ASIA

शनिबार दिनभर : निर्वाचन अधिकृतको कार्यालय स्थापना, चेतावनी दिँदै डा.केसीले तोडे अनशन

पुस ३०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३० पुस– निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । निर्वाचन कार्यतालिका अनुसार आयोगले शनिबार सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।
निर्वाचन अधिकृतको कार्यालयहरु प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । प्रदेश नं.१ को मोरङ, २ को धनुषा, ३ को ललितपुर, ४ को कास्की, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
न्याय परिषद्को सचिवालयबाट प्राप्त नामावली अनुसार सात जना जिल्ला न्यायाधीशलाई आयोगले यसअघि नै निर्वाचन अधिकृतमा नियुक्त गरिसकेको छ । 

Muktinath Bank


शिक्षा क्षेत्रमा प्रगति– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र पुनःस्थापनापछि शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा सरकारले लागू गरेका नीतिका कारण नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताएका छन् । कन्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा उनले नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वका धेरै मुलुकमा पुगेर उच्च र सुविधाजनक क्षेत्रमा काम गर्न सफल भएको बताए । 
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कुलपतिसमेत रहेका देउवाले विश्वविद्यालय स्थापनाका लागि सुदूरपश्चिवासीको ठूलो योगदान रहेको उल्लेख गरे । कार्यक्रममा विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण भएका २८२ जना विद्यार्थीलाई दीक्षितको प्रमाणपत्र प्रदान गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


माओवादी अध्यक्ष प्रचण्ड– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थायित्व कायम गरी मुलुकलाई सुशासन र विकास उन्मुख गराउने विषय वाम गठबन्धनका लागि चुनौतिपूर्ण भएको बताएका छन् । देशभक्त गणतान्त्रिक मञ्चले राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष दाहालले मुलुक धेरै अप्ठ्याराहरु पार गर्दै सही बाटोमा आएको भएपनि चुनौति हटिनसकेको बताए । संविधान कार्यान्वयन भएन भने देश के हुने भन्ने शंका र कयौं अप्ठारालाई पार गर्दै प्राप्त ऐतिहासिक उपलब्धि एउटा अवसर र चुनौति दुवै भएको उनको भनाइ थियो । 


Advertisment
Nabil box
Kumari


डा. केसीले अनशन तोडे– त्रिवि शिक्षण अस्पतालका प्रध्यापक डा गोविन्द केसीले १४ औं चरणको अनशन शनिबार तोडेका छन् । सरकारसँग ५ बुँदे सहमति भएपछि डा. केसीले छैठौं दिन अनशन तोडेका हुन् । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै केसीले गत सोमबार अनशन सुरु गरेका थिए । अनशन तोड्नुअघि पत्रकारसँग उनले फागुन ८ गतेसम्म प्रधानन्यायाधीश पराजुलीको राजीनामा नआए पुनः अनशन सुरु वनी दिए । 

Vianet communication
Laxmi Bank


सडक ४ दिन खुला– नारायणगढ–मुग्लिन सडक ४ दिन खुला रहने भएको छ । माघे संक्रान्तिलाई ध्यानमा राखी रातिको समयमा बन्द हुँदै आएको सडक ४ दिन सम्मका लागि खुला गर्न लागिएको हो । पुस १८ गतेदेखिराति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो । 
उक्त सडक शनिबारदेखि माघ २ गते सम्म रातिमा खुला गरिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार माघे संक्रान्तिमा सडकखण्ड हुँदै तिर्थालु देवघाट आउने भएकाले सडक खुला गर्ने निर्णय गरिएको हो । 


नतिजा सार्वजनिक– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमित तर्फको नतिजा सार्वजनिक गरेको छ । शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको हो ।
नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको छ । बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएकोमा ७४ जनाको परीक्षा रद्धभएको छ भने १ जनाको स्थगित गरिएको छ ।


भाइरल इन्फ्लुएन्जा भएको पुष्टि– जाजरकोटको जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको संक्रमण भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागको काठमाडौंस्थित रोग नियन्त्रण महाशाखाको प्रयोगशालाले बिरामीको नमूना परीक्षणपछि संक्रमण पुष्टि भएको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर भीआचार्यले जानकारी दिए । यसैबीच स्वास्थ्य सचिव डा. पुष्पा चौधरी नेतृत्वको टोलीले शनिबार रोग प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ । 


सिंजालीलाई नेपाल ल्याइयो– युवा संघ नेपाल रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा सहयोगी भूमिका खेलेको आरोप लागेका बाबु भनिने तुलबहादुर सिंजालीलाई नेपाल ल्याइएको छ । प्रहरी मुख्यालयका अनुसार सिंजालीलाई कतार प्रहरीले एक साताअघि पक्राउ गरेको थियो । कतार प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीको इन्टरपोलले सिंजालीलाई शनिबार नेपाल ल्याएको हो । तिवारी हत्याको जिम्मेवारी लिएका र प्रहरी अनुसन्धानबाट मुख्य योजनाकार भनिएका मनोज पुन भने अझै फरार छन् । 


विदेशका खबर– मानवअधिकारको उलंघन गरेको आरोपमा आफ्ना प्रधानन्यायाधीश माथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णयप्रति इरानले आक्रोस व्यक्त गरेको छ । परमाणु कार्यक्रमलाई लिएर प्रतिबन्ध लगाउँदै आएको अमेरिकाले न्यायालयमा समेत हस्तक्षेप गरेको भन्दै उसले आपत्ति जनाएको हो । अमेरिकी कदमको प्रतिशोध लिने भनेपनि कस्तो कारवाही गर्ने भनेर स्पष्ट नभएको बताइएको छ । 


खेल खबर– नेपाल आर्मी खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । कैलालीको धनगढीमा शनिबार भएको खेलमा मनाङ मस्र्याङ्दी क्लवलाई ३–१ गोल अन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो । आर्मीका लागि नवयुग श्रेष्ठ, भरत खवास र सन्तोष तामाङले १–१ गोल गरे । मनाङका लागि हेमन गुरुङले १ गोल गरे । 
आर्मीले उपाधिका लागि आइतबार हुने सुदुरपश्चिम ११ र सशस्त्र प्रहरीको एपीएफ क्लवबीचको विजेतासँग खेल्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x