टोटनह्याम र वेस्टह्याम विजयी, चेल्सी र लेष्टरबीचको खेल बराबरी

पुस ३०, २०७४

काठमाडौं, ३० पुस– इङ्गिलस प्रिमियर लिग फुटबलमा गएराति आफ्नै मैदानमा भएको खेलमा टोटनह्याम हट्सपरले एभर्टनलाई ४–० ले हराएको छ । टोटनह्यामलाई विजयी बनाउन ह्यारी केनले दुई गोल गरे भने हिउङ मिन सन र क्रिश्चियन एरिक्सनले १–१ गोल गरे ।

गएराति नै भएको खेलमा चेल्सी र लेष्टर सिटी गोलरहित बराबरी खेले । प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसले बर्न्लेलाई १–० ले हराउँदा वेष्टह्याम युनाईटेडले हडर्सफिल्ड टाउनमाथि ४–१ कोे प्रभावशाली जित निकाल्यो ।


ADVERTISEMENT

यसैगरी वेष्ट ब्रोमले ब्राईटनलाई २–० ले हरायो । गएराति वाट्फोर्ड र साउथह्याम्पटनले २–२ गोलको तथा न्युकासल युनाईटेड र स्वान्सी सिटीले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रिमियर लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । आज बर्नमाउथले आर्सनलसँग खेल्दा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले लिभरपूलसँग उसैको मैदानमा खेल्नेछ ।
 

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस