ट्याक्टरले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु, ३० पुस– ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ शनिबार साँझ यहाँ एक जनाको मृत्यु भएको छ ।

भैरहवादेखि तौलिहवा आउँदै गरेको लु २ त २७२७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको लु ३२ प ५८१४ नम्बरको मोटरसाइकललाई कपिलवस्तु नगरपालिका–२ जमहर टोलमा ठक्कर दिदाँ मोटरसाईकल चालक रुपन्देही मायादेवी गाँउपालिका–४ मोतिपुर बस्ने वर्ष २५ का रामबोध केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

ट्याक्टको ठक्करबाट गम्भीर घाइते भएका केवटको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस