बेलायतमा यी नेपालीमाथि यस्तो छ अभियोग, दुई वर्ष ८ महिना जेल

पुस ३०, २०७४

लन्डन, ३० पुस  - बेलायतमा लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा एक नेपालीसहित दुई जनालाई जेल सजाय सुनाइएको छ । 

ब्रिटेनस्थित रेडिङ क्राउन कोर्टले अघिल्लो शुक्रबार २५ वर्षीय इमानुयल बोसम्यान र २४ वर्षीय चमन श्रेष्ठलाई क्रमश: ५ वर्ष र दुई वर्ष ८ महिना जेल सजाय सुनाएको हो । बोसम्यान रेडिङको आर्गिल स्ट्रिट बस्ने भए पनि श्रेष्ठको ठेगाना उल्लेख गरिएको छैन् । 
स्थानीय अखबार दि रेडिङ क्रोनिकलका अनुसार, ती दुई जना एउटा होटल रुममा क्लास ए ड्रग क्रयाक कोकिन र हेराइन सप्लाइ गर्न तयारी गरिरहेको अवस्थामा समातिएका थिए, आजको कान्तिपुरमा खबर छ  ।


ADVERTISEMENT

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस