नारायणगढ–मुग्लिन सडकखण्ड चार दिन खुला

चितवन, ३० पुस– नारायणगढ–मुग्लिन सडकखण्ड ४ दिन खुला रहने भएको छ । माघे संक्रान्तिलाई ध्यानमा राखी रातिको समयमा बन्द हुँदै आएको सडक ४ दिन सम्मका लागि खुला गरिएको हो । 

उक्त सडक शनिबारदेखि माघ २ गते सम्म रातिमा खुला गरिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार माघे संक्रान्तिमा सडकखण्ड हुँदै तिर्थालु देवघाट आउने भएकाले सडक खुला गर्ने निर्णय गरिएको हो ।

पुस १८ गतेदेखिराति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो । 
 

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार