स्टार स्ट्राइकर मेस्सीको हप्ताको पारिश्रमिक २४ लाख डलर, रोनाल्डोको कति ?

पुस ३०, २०७४

काठमाडौं, ३० पुस– क्याटलान जाइन्ट बार्सिलोनासँग गएको नोभेम्बरमा नयाँ सम्झौता गरेका स्टार स्ट्राइकर लियोनल मेस्सीले हप्ताको २४ लाख अमेरिकी डलर पारिश्रमिक लिने गरेको खुलेको छ । मेस्सीले बार्सिलोनासँग सन् २०२१ सम्म क्लबमा रहने गरी सम्झौता गरे पनि उनले हप्ताको कति पारिश्रमिक पाउँछन् भन्ने खुलेको थिएन ।

फुटबल लिक्सका अनुसार उनले एक वर्षमा एक सय २३ मिलियन अमेरिकी डलर कमाउँछन् । यो बालोन डी’ओर विजेता रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोको भन्दा झण्डै दोब्बर हो । मेस्सीले पारिश्रमिक बापत वर्षमा ८६ मिलियन र बाँकी इमेज राइट मार्फत पाउने छन् ।


ADVERTISEMENT

यस्तै उनी सम्झौता अवधिभर बार्सिलोनामै सबे भने थप ८५ मिलियन डलर पनि पाउने छन् । मेस्सीको रिलिज क्लज ८ सय ५४ मिलियन अमेरिकी डलर रहेको छ । 
 

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस