×

NMB BANK
NIC ASIA

धनगढी, ३० पुस- पुस महिनाको अन्तिम दिनदेखि पश्चिम नेपालको थारु वस्तीमा माघी पर्वको रौनक बढेको छ । दाङदेखि कञ्चनपुरसम्मको थारु वस्तीमा रौनक बढेको हो । उसो त आमनेपालीले माघ १ गते मात्रै माघे संक्रान्तिको रुपमा आ–आफ्नै रिती संस्कृति अनुसार मनाएपनि थारु समुदायमा भने नयाँ अध्याय अर्थात नयाँ वर्षको सुरुवात गर्ने पर्वको रुपमा हर्षोल्लासमय ढंगले मनाउँदै आइएको छ । 

Muktinath Bank

पर्व मनाउन टाढा–टाढा बसेकाहरुको गाउँघरमा जमघट भएको छ । चेलीबेटीहरु माइती घर पुगेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँको नेतृत्वकर्ता अर्थात बड्घर, भल्मन्सा, देशबन्धिया, गुरुवा, भर्रालगायत चयन माघ महिनामै चयन हुने हुँदा नेतृत्व चयनको बहस सुरु भएको छ । ठाउँ–ठाउँमा माघी मेलाको आयोजनाले माघीको रौनक थप बढेको छ । यतिमात्रै नभई थारुवस्तीमा माघौटा नाच, सखिया नाच, झुमरा नाच, लाठी नाच, ढमारलगायत लोक गीत संगै डफ र मादलको आवाजले गाउँघर गुन्जयमान बनेको छ ।


Advertisment
Nabil box
Kumari

तीन दिनसम्म मनाइने पर्वको सुरुवात पुसको अन्तिमबाट नै सुरु हुने बताइन्छ । कैलारी गाउँपालिका–६ बेनौलीका स्थानीय ७५ वर्षिय सत्यनारायण डंगौरा थारुका अनुसार पुसको अन्तिम दिन थारु समुदायमा जिटा अर्थात बंगुरको मासु खाने प्रचलन रहि आएको छ । सामूहिक रुपमा बंगुर काटेर धुमधाम संग भोज भटेर गरिन्छ । मासुको परिकारको अलावा ढिकरी, खेरिया, सिद्रा, फुलौरी, आचार, सिन्की (गुन्दु्रक)लगायत विभिन्न परिकार बनाइन्छ ।

Vianet communication
Laxmi Bank

माघ १ गते नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रहरुलाई भेटघाट गर्ने, ठूलाबाट अर्शिवाद लिने र सानालाई अर्शिवाद दिने प्रचलन रहिआएको छ । यो दिनपनि आफ्नो घरमा रहेका ढिकरी लगायतका पाकवान खाने र खुवाउने चलन रहेको पनि थारुको भनाइ छ ।

मकर संक्रान्तिका दिन नुहाउनले बर्षभरी गरेको पाप वा नराम्रो काम, कुकर्म, वैमनष्यता पखालेर जाने र पूण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । यो दिन पशुपक्षी बध हुदैंन । यो दिनलाई नै थारु समुदायले नयाँ वर्ष मान्ने गरेका छन् । 

माघीको तेस्रो दिनलाई खिच्रहवा भन्ने गरिएको छ । यहि दिनदेखि माघी देवानी तथा खोजनी बोजनी हुने थारु बुद्धिजीवीहरु बताउँछन् । थारु नागरिक समाज कैलाली संयोजक दिलबहादुर चौधरीका अनुसार माघी पर्वको तेस्रो दिनदेखि गाउँ–गाउँमा नयाँ नेतृत्वकर्ता एंव भल्मन्सा, बड्घर, देशबन्धिया, अघरिया, भर्रालगायत चयन गर्ने या अनुमोदन गर्ने गरिन्छ । यसरी नेतृत्व छान्ने कार्यलाई ‘माघी देवानी’ भन्ने गरिएको छ । यस्तो प्रचलन दाङदेखि पश्चिममा रहेको छ । 

एउटा परिवारका सबै सदस्यहरु एकजुट भई उपरान्त पारिवारिक गतिविधि कसरी अगाडि बढाउने भन्नेबारेपनि छलफल हुने गर्दछ । यसलाई ‘खोजनीबोजनी’ पनि भन्ने गरिएको छ । 

‘खोजनीबोजनीमा अघिल्लो वर्ष परिवारले गरेको गतिविधि, आर्थिक हरहिसाबबारे छलफल हुने गर्दछ’, संयोजक चौधरीले भने–‘छलफलबाट अगामी दिनका लागि परिवारको योजना तर्जुमा हुने गरेको छ ।’

यसैबीच थारु वस्तीमा ‘माघ लहैली सुरज पाइँ लग्ली रे हाँ, सखिये हो बाबाकी सगरम मुरिया लहान’ जस्ता बोलको कोरस गाउँदै बुढापाका, तन्नेरीहरु नाचगान गर्ने गर्दछन् । यसलाई ‘मघौटा नाच’ भन्ने गरिन्छ । अचेल माघीको

गीतलाई ठट्यौली पारामा ‘माघ लहैली सुरिक सिकार खैली रे हाँ, सखिये हो माघक् पिली गुरीगुरी जाँर’ गाउँदै यूवापिढीहरु नाचगान गर्ने चलन पनि छ । 

निकै रमझमका साथ यसरी माघी पर्वको विधिवत रुपमा अन्त्य भई थारुहरुमा भोज बिवाह लगायतका अन्य कार्यक्रम सुरु हुने गरेको बताइएको छ ।

पश्चिमतिर प्रचलनमा रहेको कमैंया, कमलरी प्रथासंग पनि यो पर्वको सम्बन्ध रहेको छ । हाल कमैंया, कमलरी प्रथालाई सरकारले नै प्रतिबन्ध लगाएपनि उहिले माघी पर्वपछि नै प्रायः कमैंया, कमलरी बस्ने प्रचलन रहेको बताउँछन् थारु कल्याणकारिणी सभा कैलालीका निवर्तमान अध्यक्ष प्रभात कुमार चौधरी ।

यद्यपि, जुनसुकै बेला कमैंया, कमलरीका लागि अनुबन्धित भएका व्यक्तिहरु माघी पर्व आएपछि मात्रै छुटकारा पाउने गरेको कारणले यसलाई स्वतन्त्रताको पर्व समेत भन्ने गरिएको निवर्तमान सभापति चौधरीको भनाइ छ ।

माघी धार्मिक, साँस्कृतिक तथा सामाजिक महत्व बोकेको पर्वको रुपमा लिइन्छ । थारु समुदायले माघीलाई महान पर्वको रुपमा मनाउनुको साथै यो पर्वले आपसी सम्बन्धमा सुधार ल्याउने गरेको जनविश्वास थारु समुदायमा रहेको छ  ।

थारु सम्वत २६४१ को सुरुवात

माघ १ गतेबाट थारु सम्वत २६४१ को सुरुवात हुने भएको छ । थारु नागरिक समाज कैलाली संयोजक दिलबहादुर चौधरीका अुनसार चालु ईश्वी सम्वतमा ६२३ जोड्दा भगवान् बुद्धको जन्म मिति आउँछ । थारू समुदायको नयाँ वर्ष (माघी पर्व) भन्दा भगवान् बुद्ध, ३ महिना २७ दिनपछि जन्मिएकाले भगवान् बुद्धको जन्म मितिलाई थारू सम्वत भन्ने गरिएको संयोजक चौधरीको दावी छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x