प्रचण्डपत्नी सीता उपचारको लागि दिल्लीमा

पुस ३०, २०७४

काठमाडौं ३० पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली गएकी छिन् ।

फलोअप उपचारका लागि सीता दाहाल छोरीसँग आइतवार दिल्ली गएकी हुन् । दिल्लीस्थित मेदान्त अस्पतालमा उनको उपचार हुने पारिवारीक स्रोतले जनाएको छ । 

केही महिनाअगाडि मात्रै सीताको बैंककमा उपचार गरिएको थियो । छोरा प्रकाशको आकस्मिक निधनपछि सीताको स्वास्थ्य स्थिति बिग्रिएको परिवार स्रोतले जनाएको छ । सीता दाहाल माओवादीको सल्लाहकार समेत हुन् । 
 

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस