आमिरको फिल्म ठग्स अफ हिन्दुस्तानको यस्तो तस्वीर सार्वजनिक देखिइन् कटरिना

पुस ३०, २०७४

फिल्म ठग्स अफ हिन्दुस्तानको शूटिङमा व्यस्त कटरिना कैफले फोटो ट्वीटरमा एक फोटो पोस्ट गरेकी छिन् । फोटोमा उनी चर्चित कोरियोग्राफर प्रभुदेवा तथा सलमान खानसँग नाच्न सिकिरहेकी देखिएको छ । यो फिल्मको एक गीतको सुटिङको क्रमको यो फोटो सार्वजनिक भएको हो । 

आमिर खानको फिल्म ठग्स अफ हिन्दुस्तानका बारेमा निकै चर्चा भइरहेको छ । तर यो फिल्मको कहानी बारे ठोस जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन । 


ADVERTISEMENT

फिल्ममा बलिउडका बीग बी अमिताभ बच्चन तथा मिस्टर पर्फेक्शनिस्टको नाम कमाएका आमिर खान पहिलोपटक सँगै काम गरेका भारतीय सञ्चारमाध्यमहरुमा समाचार छाएको छ । 

अमिताभसँग अभिनय गर्न पाएकोमा आमिरले प्रशन्नता व्यक्त गरेका छन् । उनले ट्वीटर मार्फत अमिताभसँग काम गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । 

फिल्म यस वर्षको दिपावलीको अवसर पारेर रिलिजको तयारी गरिएको छ । 
 

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस