सलमान खानले राखे रेकर्ड नै रेकर्ड, अहिलेसम्म कति कमायो ?

पुस ३०, २०७४

सलमान खान तथा कटरिना कैफको फिल्म टाइर जिन्दा हैले जोड तोड कमाइ गरिरहेको छ । फिल्म कमाईको रेकर्ड बनाउन लागिपरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छन् । 
सलमान खानको यो फिल्म ३०० करोडको क्लबमा सहभागी भइसकेको छ । 

यसपहिला सलमान खानको अन्य दुई फिल्म पनि ३०० सय करोडको क्लबमा सहभागी भएको थियो । पहिलो बजरंगी भाइजान र दोस्रो सुल्तान । 

टाइगर जिन्दा है ३ सय करोडको क्लबमा सहभागी भएपछि अब सलमान खान पहिलो तीन फिल्म ३ सय करोडको क्लवमा प्रवेश पाएको पहिलो अभिनेता बनेका छन् । 

फिल्मको कमाइ बारे जानकारी दिने भारतीय विश्लेषक तरुण आदर्शका अनुसार सलमानको टाइगर फिल्मको कमाइ ३२० करोड नजिक पुगेको छ । 

शनिकारको कमाइसमेत मिलाउँदा फिल्म ३२१ करोडको पार भएको उनको भनाइ छ । 
 

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस