माईक्रो बस नै चोरी भएपछि..

पुस ३०, २०७४

काठमाडौं, ३० पुस– काठमाडौं महानगरपालिका–१५ स्वयम्भुस्थित हुलाक घर अगाडि पार्किङ गरी राखेको ठाउँबाट बा.१ ज ८१७१ नम्बरको माईक्रो बस शनिबार राति चोरी भएको छ । 

चोरीको आरोपमा प्रहरीले माईक्रो चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने २६ वर्षीय सन्जिन तामाङ सहित २ जनालाई नियन्त्रणमा छ । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस