'विग बोस' कार्यक्रम चलाएको दिनको ११ करोड ज्याला लिन्छन् सलमान खान

पुस ३०, २०७४

रियालिटी शो विग बोस सिजन ११ को फाइनल आइतबार छ । यो सिजन पनि होस्टको रुपमा सलमान खान थिए । सलमानले विग बोसका ८ सिजन होस्ट गरेका छन् । पहिलो सिजन प्रति भाग २.५ करोड रुपयाँ उनको ज्याला थियो ।

सिजन ११ मा आइपुग्दा उनले पाउने रकम निकै बढेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सिजन ११ मा उनले एक दिनका लागि ११ करोड रुपैयाँ लिएका छन् । 
सिजन ४ मा उनको प्रति इपिसोडको फिस २.५ करोड थियो । 

सिजन पाँच र छमा प्रति एपिसोड २.५ करोड उनको फिस थियो । 

सलमानले ७ औ एपिसोडमा ५ करोड फिस लिएका थिए । 

आठौंमा ५.५ करोड

९ औं एपिसोडमा ७ देखि ८ करोड फिस उनले लिएको दाबी भारतीय सञ्चारमाध्यमको छ । 

सिजन १० मा उनले ८ करोड प्रति एपिसोड रकम लिएका थिए । 

सिजन १० मा पुगेपछि उनले एक एपिसोडको ११ करोड लिएका थिए । त्यो रकम सिजन ११ मा पनि निरन्तर रहेको छ । 
 

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस