खाने होइन त तरुल ? [फोटो फिचर]

माघे संक्रान्ति नजिकै गर्दा बजारमा तरुलको माग ह्वात्तै बढेको छ । माघे संक्रान्तिमा धेरै माग हुने तरुलको भाउ अहिले आकासिएको हो ।

संक्रान्ति नेपालीहरुले महत्वपूर्ण मनाउने चाड मध्ये एउटा हो । तराईमा माघी र पहाडमा माघे संक्रान्तिको रुपमा यसलाई मनाउने गरिन्छ ।

माघे संक्रान्तिमा विषेश गरेर तरुल, खिचडि, तिलको लड्डु, चाकु आदि खाने गरिन्छ । बजारमा विभिन्न प्रकारका तरुलहरु पाइने गर्दछन् । 

हात्तिपाइले तरुल, सखर खण्ड, रातो तरुल, बन तरुल, चिप्ले तरुल, लाम्चो चिप्ले तरुल आदि बजारमा पाइन्छन् । 

नेपालका विभिन्न ठाउँबाट भित्रिने तरुल विशेष गरेर चितवनको गैंडाकोट आसपासका क्षेत्रबाट बढी मात्रमा भित्रिने गरेको छ । यस्तै भारतबाट पनि तरुल आउने गर्दछ । 

भारतको तरुल धेरै चिप्लो र नमिठो हुने गरेको अहिले काठमाडौंमा भारतीय तरुलको माग कम भएको कालिमाटीमा तरकारीको व्यापार गर्दै आएका व्यापारी हरिशण चौधरीले बताए  । “ नेपालको तरुल पहाडि जिल्लाबाट आउने हुनाले मिठो हुन्छ तर भारत बाट ल्याएको त्यस्तो हुँदैन, त्यसैले आजभोलि ग्राहकहरु नेपालि तरुलै खोज्छन ” चौधरीले भने । 

माघे संक्रान्तिको समयमा काठमाडौंमा भने तरुलको खपत धेरै हुने गरेको छ । दैनिक ५ देखि १० क्विन्टलसम्म खपत भएको बताउँछन कालिमाटी तरकारी बजारका व्यापारी चौधरी । यस्तै असनको चोकमा खुद्रा व्यापर गदै आएकि नानुमाय शाक्यको भनाइ पनि उस्तै छ । 

उनी भन्छिन्–“ हिँजो (शनिवार) मैले ८० धार्ने जति बेचेको हो आज त्यो भन्दा धेरै व्यापार हुन्छ जस्तो छ पुर्याउनै सकिदैन ।” 

कालिमाटीमा तरुलको थोक मुल्य ४५ देखि ५० रुपैँया किलो सम्म छ भने अन्य पसलहरुमा ७० देखि १२० सम्म प्रतिकिलोसम्म व्यापारिहरुले बेचिरहेका छन् । आस्तिविक मुल्यभन्दा बढिमा किन्नु परेको बताउँछन असन चोकमा भेटिएका अमन श्रेष्ठ  । “ कालिमाटीको मुल्य सुचीमा हेर्दा सस्तो जस्तो लाग्छ बजारमा किन्न आयो भाउ छोईनसक्नुछ । उता ४५, ५० छ भन्छन् यता हामि भने ६०, ७० रुपैयाको किलो किनेर खानुपर्छ ” श्रेष्ठले दुखेसो पोखे । 

 

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस