×

NMB BANK
NIC ASIA

५० प्रतिशत क्लिनिक अवैध, औषधिको मूल्यमा मनोमानी

सरकार भन्छ, ‘बलबुताले भ्याएको गरेका छौं’

पुस ३०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३० पुस- बजारमा छ्यापछ्याप्ती खुलेका क्लिनिक तथा स्वास्थ्य परीक्षण प्रयोगशालाहरुको शुल्कबारे जानकार नहुँदा उपभोक्ताहरु ठगिने गरेका छन् । 

Muktinath Bank

बजारमा रहेका क्लिनिकहरुले मनपरी तरिकाले शुल्क लिने गरे पनि शुल्कको मापदण्ड स्पष्ट नबुझ्दा उपभोक्ताहरु चुप लाग्न बाध्य भएका हुन् । योसँगै त्यस्ता क्लिनिकहरुले दिने सेवाको गुणस्तरसमेत कमजोर रहेको गुनासो बढेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

५० प्रतिशत क्लिनिक अबैध 


Advertisment
Nabil box
Kumari

अहिले बजारमा क्लिनिकका नाममा सञ्चालनमा रहेका त्यस्ता सेवा केन्द्रमध्ये ५० प्रतिशतको हाराहारीमा अबैध रहेका सरोकारवालाहरुको दाबी छ । ‘बजारमा रहेका यस्ता क्लिनकहरुमध्ये ५० प्रतिशत अबैध रुपमा सञ्चालनमा छन्, उनीहरुसँग न डाक्टर हुन्छन्, न त औषधिबारे सामान्य ज्ञानसमेत हुन्छ ’ उपभोक्ता अधिकारकर्मी शहदेवको गौतमले भने ।

Vianet communication
Laxmi Bank

उनीहरुमध्ये कतिले फार्मेसीको दर्ता गरे पनि ल्याब सञ्चालनको अनुमति नलिएको, ल्याबमा नक्कली प्राविधिक राखेको र दर्ता नभएको पाइने गरेको गौतमको भनाइ छ ।  

केही दिन अघिमात्र राजधानीमा अवैधरुपमा सञ्चालित एक क्लिनिकबाट प्रहरीले लागू औषधसमेत बरामद गरेको थियो ।  

अवैध रुपमा क्लिनिक सञ्चालकहरु राजनीतिक आड तथा आर्थिक शक्तिका आधारमा बजारमा मनोमानी गरिरहेको अर्का अधिकारकर्मी माधव तिमिल्सिनाको भनाइ छ ।  उनले भने, ‘अबैध रुपमा सञ्चालनमा रहेका त्यस्ता क्लिनिक तथा ल्याबहरु धेरै नै छन्, यिनीहरुले मूल्यमा समेत मनोमानी गर्ने गर्छन् ।’ 

यस्ता क्लिनिकहरु औषधि, परीक्षण शुल्क तथा ल्यावको शुल्कको नाममा समेत अत्यधिक मूल्य लिने गरेको भेटिने  गरेको छ ।  एउटै खाले स्वास्थ्य परीक्षण क्रममा समेत अलग अलग क्लिनिकमा अलग खाले मूल्य राखिएको हुँदा सर्बसाधारण उपभोक्ताले वास्तविक मूल्य थाहा नै नपाउने स्थिति छ । 

औषधि बजार झन अस्तव्यस्त

नेपाली औषधि बजारको अवस्था पनि उस्तै छ ।  शून्य भन्सारबाट आयात हुने औषधिमा आयातकर्ताले आफ्नो तरिकाको मूल्य निर्धारण गर्दा उपभोक्ताहरु चर्को मूल्य तिर्न बाध्य भएको गुनासो बढेको हो । बाहिरी देशहरुबाट आयात हुने औषधिमा आयातकर्ताहरुले मनपरी तरिकाले मूल्य निर्धारण गरी एक सय प्रतिशत भन्दा बढी मुनाफा लिने गरेको सरोकारवाला बताउँछन् । सरकारी अनुगमन अभावमा गुणसतर समेतनिकै कमजोर रहेको छ ।

औषधि बिक्रेता कम्पनीहरुबीच हुने अस्वस्थ्य प्रतिस्पर्धाका कारण बढी भन्दा बढी औषधि बिक्री गराउने शर्तमा कमिसनको खेल चल्ने गरेको उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन बताउँछन् । उनले भने, ‘बिक्रेताहरु मनपरी मूल्य निर्धारण गर्छन्, शून्य भन्सारमा आयात गरेको औषधिमा उपभोक्ताका लागि चर्को मूल्य निर्धारण गर्ने गर्छन् ।’ उनी थप्छन्, ‘सरकार पनि मौन बस्छ, मूल्य र गुणस्तरको अनुगमन गर्नुपर्ने तर गुणस्तरको अनुगमन तथा जाँचमा विभिन्न बाहना देखाउने, मूल्य निर्धारणमा तिमीहरु आफै गर भन्छ ।’ 

अनुगमन हुँदैछः सरकार

सरकारले भने बजार अनुगमन प्रभावकारी रुपमा भइरहेको दाबी गरेको छ ।  औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आफ्नो बलबुताले भ्याएसम्म प्रभावकारी अनुगमन तथा बजार नियन्त्रण भइरहेको बताए । उनले सरकारसँग औषधिको गुणस्तर नापजाँचका लागि राम्रो ल्याब नहुँदा केही कमजोरी भएको स्वीकार गरे । 

विभागका अनुसार नेपालमा सरकारले तोकेका औषधिहरु आयातकर्ताले सरकारकै अनुमतिमा आयात गर्ने गर्छन् । औषधिमा शून्यभन्सार नीति भएकाले ढुवानी खर्चपछि अधिकतम खुद्रा मूल्य निर्धारण गरिन्छ ।  यद्यपि सरकारले मूल्य निर्धारणमा प्रभावकारी अनुगमन गर्न नसक्दा आयातकर्ताले मनपरी ढंगले काम गर्ने गरेको पाइन्छ । अहिले नेपाली बजारमा करिब ४० प्रतिशत नेपाली औषधिको र बाँकी बिदेशबाट आयात हुने औषधि बिक्रिबितरण हुने गरेको पाइन्छ ।  बजारमा भारतबाट आयात हुने औषधिले ९० प्रतिशत हिस्सा आगटेको छ भने बाँकी बंगलादेश, अष्टे«लिया, चाइनालगायतका देशबाट आयात हुने गरेको पाइन्छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x