भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत सम्म क्यास व्याक योजना

पुस ३०, २०७४

काठमाडौं, ३० पुस- कार्ड लोयल्टी प्रोगामको रुपमा नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंककाभिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुलेसंयुक्त रुपमाअन्तर्राष्ट्रिय कार्ड प्रदायककम्पनीभिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुले हरेक सामान÷सुविधाखरिद गर्दा  भिसा डेविट वाक्रेडिट कार्डमार्फत भुक्तानीगर्दा आफ्नो खातामाक्यास (नगद) फिर्ता हुने योजनाल्याएका छन् । 
कुनै पनि बस्तु तथा सेवाको उपभोग वाखरिदको बदलामानगदको सट्टामा कार्ड मार्फत भुक्तानीगर्नप्रोत्साहितगर्ने उद्येश्यले बैंकहरुको पहलमा नेपालमायस प्रकारका योजनाथालिएको छ ।नेपाली समाजमानगदबिना नै कारोबार गर्न सकिने र ग्राहकहरुमाभिसा डेबिट÷क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहनदिने अनि कार्ड प्रयोग गरी भुक्तानीगर्दा ग्राहकको खाताामासिधै नगदफिर्ता हुने विशेषप्रकारको योजना सार्बजनिकगरिएको छ । 
कार्डबाहकजसले बस्तु तथा सेवाखरिदमाभिसा डेबिटवाक्रेडिट कार्ड मार्फत भुक्तानीगर्दछन् उनीहरुले आफ्नो खातामानगदफिर्ताप्राप्तगर्ने छन्।यस योजनामा सहभागिहुनन्यूनतम रु. ५००÷— को कारोवार ग्राहकहरुले गर्नु पर्ने छ । 
कारोबार संख्या (मासिक)                          नगदफिर्ता
१ देखि ३ पटक सम्मको कारोबारमा           २% वा अधिकतमा रु. १००
४ देखि १५ पटक सम्मको कारोबारमा         ५% वा अधिकतमा रु. २००
१६ देखि ३० पटक सम्मको कारोबारमा        ७% वा अधिकतमा रु. ५००
३१ देखि ५० पटक सम्मको कारोबारमा        १०% वा अधिकतमा रु. १०००

यस योजनाबाट सेन्चुरी बैंक लि., ग्लोबल आइएमई बैंक लि., कुमारी बैंक लि.,महालक्ष्मीविकास बैंक लि., मेगा बैंक नेपाल लि., मुक्तिनाथविकास बैंक लि., एनसिसि बैंक लि., नेपालइन्भेष्टमेण्ट बैंक लि., राष्ट्रिय वाणिज्य बैंक लि., सानिमा बैंक लि. र टुरिजम डेभलपमेन्ट बैंक लि. का भिसा कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुने छन् ।   

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस