प्रेमीले दिएको औठीको सुरक्षा गर्न गार्ड नै राखिन् यी स्टारले

पुस ३०, २०७४

एक टेलिभिजन स्टार पेरिस हिल्टनले आफ्नो औठीको सुरक्षाका लागि गार्ड राखेकी छिन् । 

केही दिनअघि मात्र अभिनेता क्रिस जिल्कासँग इन्गेजमेन्ट गरेकी हिल्टनलाई उनका प्रेमी जिल्काले हिराको औठी लगाईदिएका थिए जसको मूल्य २० लाख डलर पर्ने जनाइएको छ । जसको सरक्षा गर्न हिल्टनले सुरक्षा गार्ड नै राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

वेबसाइट ‘टिएमजेड डट कम’का अनुसार उनले चौबिसै घण्टा औँठीको सुरक्षाका लागि सुरक्षाकर्मी खटाएकी छिन् । 

हिल्टन र जिल्का सात वर्षअघि एक ओस्कर पार्टीमा भेट भएका थिए । फेब्रुअरी २०१७ मा उनीहरूले सम्बन्धबारे पुष्टि गरेका थिए । इन्गेजमेन्टको फोटो सार्वजनिक गर्दै हिल्टनले लेखेकी छिन् ‘म निकै खुसी छु कि मैले आफ्नो प्यारसँग जीवन बिताउन इन्गेजमेन्ट गरेको छु । मेरा लागि जिल्का बफादार, दयालु र समर्पित छन् ।’

तर, समाचारअनुसार उनको यो तेस्रो इन्गेजमेन्ट हो । पहिलोपटक २००३ मा मोडल जेसन सा र दोस्रो पटक २००५ मा पेरिस लेटिससँग उनको इन्गेजमेन्ट भइसकेको थियो ।
 

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस