एनसेल मेला २०७४ भव्य रुपमा सम्पन्न

काठमाडौं, ३० पुस- एनसेल प्रा.लि.ले आयोजना गरेको एनसेल मेला २०७४ शनिवार जाउलाखेल, ललितपुरमा आयोजनापश्चात बिट मारेको छ । ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हँुदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवालङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभवप्रदानगर्न,  कम्पनीले पोखरा, विराटनगर र ललितपुरमा एनसेल मेला आयोजना गरेको हो ।


तीनै शहरहरुमा हजारौको संख्यामा दर्शक तथा आगन्तुकहरुले सहभागिता जनाई गीत(संगीत, फोरजी थिममा आधारित गेमहरु लगायत विविध क्रियाकलावहरुबाट भरपुर मनोरञ्जन लिएका छन् । एनसेल मेला पुस ८ गते पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा, पुष १५ गते विराटनगरको हाटखोलामा र पुष २९ गते ललितपुरको जावलाखेल फुटबल मैदानमा आयोजना गरिएको थियो ।  मेलामा आगन्तुकहरुको भरपुर मनोरञ्जनका लागि प्रख्यात कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुति, फोरजी थिममा आधारित विभिन्न गेमहरु, किड्स जोन, जादु र फुड स्टलहरु लगायत विविध रोचक क्रियाकलापहरु समावेश गरिएका थिए । 


मेलाको मुख्यआकर्षण कन्सर्ट रहेको थियो । मेलामा कलाकारहरु जस्तै शिव परियार, इन्दिरा जोशी,  आषिश राना (लाउरे), अनि सांगीतिक समुहहरुमा  कबवेभ र द एज ब्याण्डले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । दर्शकहरुले उनीहरुको प्रस्तुतिसँगै नाच्दै झुमेका थिए । रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागिताले मेलामा आकर्षण थपिएको थियो ।
 

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार