यामाहा एफजी २५ ‘राइड आउट’

काठमाडौं, ३० पुस- नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टर प्राइजेजले आफ्नो उत्पादन यामाहा एफजी २५ का राइडरहरुका लागि पहिलो पटक ‘एड्भेन्चरस’ तथा रोमाञ्चक ‘राइड आउट’ आयोजना गरेको छ । ‘सँगै हाँकौं, सम्बन्ध झन् बलियो बनाऔं,’ नारा रहेको यो राइड काठमाडौंस्थित जेनेसिस क्याफेबाट सुरु भएर प्राकृतिक रुपमा मनोरम धुलिखेलसम्म पुगेको थियो जहाँ राइडरहरुले एउटा सुखद र रमाइलो दिनको अनुभव गरे । 
पाँच समूहमा विभाजन गरिएका २५ जना एफजी२५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’ लगायतका सामुहिक टास्क दिइएको थियो । साथै, उनीहरुलाई ‘पम्प’का प्रोफेसनल ट्रेनरहरुले आत्मरक्षाका उपायहरुको तालिम समेत दिएका थिए । यामाहाको ‘राइड आउट’मा राइडर समिर राना ‘अल्टिमेट स्ट्रिट फाइटर’ घोषित भए ।


‘आजको राइड आउट सुरुवात मात्र हो । भविष्यमा हामी यस्ता धेरै इभेन्टको आयोजना गर्नेछौं जसले राइडरसँग हाम्रो सम्बन्धलाई बलियो र न्यानो बनाउनेछ,’ एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भन्नुभयो, ‘यामाहा ब्रान्डप्रति तपाईंहरुले गर्नु भएको विश्वासका लागि हामी आभारी छौं । यामाहा मोटरसाइकलले तपाईंलाई उच्च कोटीको राइडिङ अनुभव दिनेछ । तर हामीले तपाईंको सुरक्षा र सुविधालाई कदापी सम्झौता गरेका छैनौं ।’
 

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार