देशभर मौसम बदली, मौसम विभाग भन्छ- पानी पर्दैन !

काठमाडौं, ३० पुस–  माघे संक्रान्तिको पूर्वसन्ध्यामा काठमाडौं लगायत देशका अधिकांश स्थानमा मौसम वदली भएको छ ।

केही दिन अघि काठमाडौंको न्युनतम तापक्रम शून्य डिग्री सेल्सियस रहेपनि आइतबारको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बंगालादेश, उत्तरी विहारमा निम्न चापिय प्रभावले नेपालमा मौसम बदली भएको मौसम विद् राजु प्रधानाङ्गले लोकान्तरलाई बताए । उनका अनुसार नेपालको पुर्वी, मध्य पहाडी क्षेत्रहरुमा मौसम बदलीको अवस्था रहेको छ । 

यस्तै पश्चिमको केही पहाडी क्षेत्रमा पनि आंशिक बदली हुने छ । काठमाडौंको न्युनतम तापक्रम बढेपनि घाम नलागेकोले जाडो महशुस भएको उनको भनाइ छ । 

अघिल्ला वर्षहरुमा यस समयमा पानी परेको भएपनि यस वर्ष सुख्खा रहेको छ । अबको तीन दिन सम्म पानी नपर्ने मौसम पुर्वानुमान महाशाखाको अनुमान छ ।


 

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार