×

NMB BANK
NIC ASIA

राष्ट्रियसभा निर्वाचनको नतिजा ३ दिनमा, फागुन १० भित्र प्रतिनिधिसभाले पूर्णता पाउने

पुस ३०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ३० पुस - निर्वाचन आयोगले सङ्घीय संसदलाई पूर्णता दिने क्रममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र तुल्याएको छ । 

आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका सन्दर्भमा दल दर्ता, निर्वाचन कार्यतालिका सार्वजनिक, निर्वाचन अधिकृत नियुक्ति र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 

सञ्चालन र व्यवस्थापन प्रदेश तहमा 

निर्वाचन कार्यालय स्थापनासँगै अब निर्वाचन सञ्चालन र व्यवस्थापनको काम प्रदेशसभामा पुगेको छ । आयोगले प्रत्येक प्रदेशको उच्च अदालत रहेका जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । जसअनुसार, मोरङ, धनुषा, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटी जिल्लामा मतदान केन्द्र तोकिएको छ । 

यो निर्वाचनका लागि रु १० देखि १५ करोड खर्च लाग्ने आयोगले प्रारम्भिक अनुमान गरेको छ । प्रदेश तहमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आवश्यकताअनुसार १० देखि १२ जना कर्मचारी खटाइसकेको छ । सो निर्वाचनका लागि २१ राजनीतिक दलले दल दर्ता गराएका छन् । 

राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा आयोगले माघ ७ गते मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । माघ १० गते उम्मेदवारी मनोनयन र माघ १५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ । 

गृहकार्य द्रुततर 

निर्वाचनको लागि आवश्यक निर्देशिका र कार्यविधि निर्माण, राजनीतिक दल, उम्मेदवार र मतदातालाई मतदाता शिक्षाबारे तालिम÷प्रशिक्षण दिने, मतपत्र छाप्ने, ढुवानी गर्ने, मतदान केन्द्र निर्धारण, मतगणना गर्नेलगायत कार्यलाई व्यवस्थितरुपमा अघि बढाउने सिलसिलामा अहिले आयोग त्यसको गृहकार्यमा जुटिरहेको प्रवक्ता ढकालले जानकारी दिनुभयो । जिल्ला न्यायाधीश र निर्वाचनमा खटिने कर्मचारीलाई अनुशिक्षण सञ्चालन हुने छ । 

एकल संक्रमणीय र बढीमतीय दुवै अवधारणाअनुरुप हुने उक्त निर्वाचनको मतदान प्रक्रिया, मतगणना र मतभारका विषयमा दुई हजार ५६ मतदातालाई प्रादेशिकरुपमा तालिम र प्रशिक्षण दिने आयोगले तयारी गरेको छ । 

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य मतदाता रहने उक्त निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ भने प्रदेशसभा सदस्यको मतभार ४८ हुनेछ । 

उक्त निर्वाचनमा स्थानीय तहका पदाधिकारी र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र बनाइने र चार खाले मतपत्रको ढाँचाको तयारी भइरहेको आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा १२ हजार थान मतपत्र छपाई हुने छ । राजनीतिक दलसँगको छलफलका आधारमा माघ १५ गतेपछि मात्र आयोगले मतपत्रको नमूना तयार गर्नेछ । 

राष्ट्रियसभा सदस्यमा प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपाङ्ग वा अल्पसंख्यकसहित आठजनाका हिसाबले सात प्रदेशबाट ५६ सदस्यको चयन हुने छ । ५९ सदस्यीय राष्ट्रियसभामा तीनजना भने सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था रहेको छ । 

प्रदेश प्रमुख नियुक्तिका लागि निरन्तर ताकेता 

लोकतन्त्रलाई विधि र प्रक्रियाका आधारमा सञ्चालन गर्नुपर्छ भन्ने मान्यता संवैधानिक अङ्गका रुपमा दृढ रहेको जनाउँदै आयोगले प्रदेश प्रमुखको यथाशीघ्र नियुक्ति गरी प्रदेशसभा सदस्यको समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न सहयोग पु¥याउन सरकारसँग आग्रह गरिसकेको छ । 

प्रदेश प्रमुखको नियुक्ति समयमा हुन नसकेमा राष्ट्रियसभा सदस्य निर्वाचनलाई समेत अघि बढाउने सन्दर्भमा जटिलता उत्पन्न हुने कुरामा समेत दल र सरकारको आयोगले ध्यानाकर्षण गराइ सकेको छ । 

सोही क्रममा आयोगले आगामी माघ २ गते प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेतासँग छलफल कार्यक्रम तय गरेको प्रवक्ता ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मतदाता नामावली माघ ७ गते प्रकाशित हुने कार्यतालिका छ, मतदाता नामावली प्रकाशित गर्नुअघि आयोगले प्रकाशित गरेको प्रदेशसभाका विजयी उम्मेदवारको सूची प्रदेश प्रमुखलाई बुझाई सक्नुप¥यो, त्यो अघि नै प्रदेशप्रमुखको नियुक्ति हुन आवश्यक छ ।” 

“आयोगले निर्वाचनको परिणाम सार्वजनिक गर्न कहीँकतै, केही ढिलाइ गरेको छैन, संवैधानिक दायित्वअनुरुप प्रक्रियागत ढंगबाट काम गरिरहेको छ, जनमतलाई अभिलेखीकरण गरेर बुझाइने छ”– प्रवक्ता ढकाले भन्नुभयो । 

फागुन ७ देखि १० गतेसम्ममा मात्रै 

माघ २४ गते बुधबार बिहान १० देखि ३ बजेसम्म मतदान हुने राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा तीन दिनभित्र गरिने आयोगले जनाएको छ । प्रदेश प्रमुखको नियुक्ति भएको एक दिनभित्रै प्रदेशसभा सदस्यको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गरिने प्रवक्ता ढकालले जानकारी दिनुभयो । 

राष्ट्रियसभा सदस्यको नतिजा सार्वजनिक भएसँगै प्रतिनिधिसभाको समानुपातिकतर्फको सिटको बाँडफाँड शुरु हुनेछ । त्यसको सातदेखि १० दिनभित्र अर्थात (फागुन ७ देखि १० गते) सम्ममा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुनसक्ने आयोग स्रोतले जनाएको छ । 

संविधानअनुसार, दुवै सदनका निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भई राष्ट्रपतिबाट राष्ट्रियसभामा तीनजनाको मनोनयनसँगै सङ्घीय संसदले पूर्णता पाउनेछ । 

Sagarmatha Cement
Muktinath Bank

–नारायण न्यौपाने/ रासस


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x