×

NMB BANK
NIC ASIA

छात्राहरू बेहोश हुने रोग ‘कन्भर्सन डिसअर्डर’ किन हुन्छ, कसरी गर्ने उपचार ?

माघ १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ माघ– धादिङको गजुरी गाउँपालिकामा रहेको आदर्श माविमा गएको मंगलबार छात्राहरु एकएक वेहोस हुन थाले । दुई दिनमा १७ जना छात्राहरु बेहोस भएपछि विद्यालयले माग १ गतेसम्मलाई विद्यालय नै बन्द गर्नु पर्यो । 

Muktinath Bank

मंगलबार बेहोश भएकी विद्यालयकी एक छात्राले आफु महिनावारी भएको र पेट दुुखेकोले बेहोश भएको बताएकी थिइन् । नजिकैको स्वास्थ्य चौकीमा लगेर केही समय राखेपछि उनको होस् आयो । 
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकहरुले विद्यार्थीहरुलाई मास हिस्टेरिया भएको बताएपछि उनीहरलाई मनोपरामर्श दिइएको विद्यालयका प्रधानाध्यापक रागवलाल कर्णले बताए । यसअघि पनि विद्यालयमा विद्यार्थीहरु पालैपालो बेहोस हुने गरेको प्रधानाध्यापक कर्णले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै जाजरकोटको भेरी नगरपालिका स्थित त्रिभुवन आधारभूत विद्यालय रिसाङमा पनि दैनिक १० जनासम्म विद्यार्थी बेहोश भएपछि विद्यालयमा पढाइ नै प्रभावित भयो । विद्यालयमा पठनपाठन भइरहेको समयमा छात्राहरु भूत आयो भन्दै कराएर बेहोश हुन थालेपछि  विद्यालयले कक्षकोठामा नै चिकित्सक बोलाएर परिक्षण गरेको विद्यालयका प्रधानाधयापक कर्णबहादुर शाहीले बताए । 


Advertisment
Nabil box
Kumari

कक्षाकोठामै छात्राहरु बेहोश हुन थालेपछि विद्यालयमा पुजापाठ समेत गरिएको उनले सुनाए । धादिङ र जाजरकोट जस्तै अन्य जिल्लाका विद्यार्थीहरुमा पनि समय समयमा विद्यालर्थीहरुमा एकैपटक धेरै विद्यार्थी बेहोश हुने, कराउने चिच्याउने, रुख चढ्ने र बक्ने  समस्या देखिने गरेको छ  । 

Vianet communication
Laxmi Bank

के हो कन्भर्सन डिसअर्डर ?  

समान्य किसिमको तनाव सबै मानिसलाई हुन्छ । आफुलाई आइपर्ने समस्याको समाधान गर्न नसक्दा, तनाव व्यवस्थापन गर्न नसक्दा वा त्यसलाई सहन नसक्ने र अरूलाई पनि व्यक्त गर्न नसक्दा युवायुवतिहरुलाई कन्भर्सन डिसअर्डर हुने गर्छ : डा.रेग्मी

यो समस्यालाई आम मानिसहरुले ‘मास हिस्टेरिया’ भनेर चिनेपनि चिकित्सकिय भाषामा यसलाई कन्भर्सन डिसअर्डर भनिन्छ । यो तनाव सम्बन्धी रोग रहेको काठमाडौंको महारागञ्जमा रहेको कान्ती बाल अस्पतालकी मनोचिकित्सक डाक्टर जया रेग्मीले बताइन् ।

उनका अनुसार  कन्भर्सन डिसअर्डरको मुख्य कारण तनाव हो । अत्याधिक तनावको कारण विद्यार्थीहरुमा यस्तो समस्या देखिन्छ । ‘मानसिक तनावलाई व्यक्त गर्न वा समस्या समाधान गर्न नसक्दा छात्रछात्राहरु लक्षणको रुपमा कराउने बेहोस हुने, रुने चिच्याउने गर्छन’ डा. रेग्मीले लोकान्तरसँग भनिन् । शारीरिक र मानसिक रुपले वृद्धिविकास हुने उमेर समुहका युवायुवतीहरुमा यो समस्या देखिने गरेको छ ।

‘समान्य किसिमको तनाव सबै मानिसलाई हुन्छ । आफुलाई आइपर्ने समस्याको समाधान गर्न नसक्दा, तनाव व्यवस्थापन गर्न नसक्दा वा त्यसलाई सहन नसक्ने र अरूलाई पनि व्यक्त गर्न नसक्दा युवायुवतिहरुलाई कन्भर्सन डिसअर्डर हुने गर्छ,’ डा.रेग्मीले लोकान्तरसँग भनिन् ।

छात्राहरुमा बढी समस्या

कन्भर्सन डिसअर्डरको लक्षणहरु सबैमा उस्तै नहुने र एउटा विरामीलाई एउटा किसिमको मात्रै लक्षण देखिने चिकित्सकहरु बताउछन् । यो समस्या छात्रा छात्र दुवैमा देखिन सक्ने भएपनि धेरैजस्तो युवतिहरुमा मात्रै देखिने गरेको छ । डा.रेग्मीका अनुसार महिनावारीको समस्या, हर्मोन परिवर्तनको कारणले पनि छात्राहरुमा यो समस्या बढि देखिएको हो । 

‘समाजमा महिलाहरुलाई हेर्न दृष्टिकोणमा अझै पनि परिवर्तन आइसकेको छैन । महिलाहरु सानै देखि समाजिक परिवन्धमा हुर्किएका हुन्छन् त्यसैले उनीहरुको दिमागमा एक किसिमको डर र त्रासले बास लिएको हुन्छ ।

अर्को कुरा महिनावारीको समयमा दिक्क लाग्ने, पेट दुख्ने समस्या हुन्छ’ डा.रेग्मीले लोकान्तरसँग भनिन्, ‘यस्तो अवस्थामा उनीहरलाई केही समस्या भएमा आफुसँग समाधानको उपाय नभएमा र अरुलाई भन्ने वातावरण पाएनन् भने आफ्नो समस्यालाई मन भित्रै गुम्साउछन् । उसको मनले कन्ट्रोल गरेसम्म केही समस्या देखिदैन । यदि यसलाई कन्ट्रोल गर्न नसक्दा कन्भर्सन डिसअर्डरकोलक्षणहरु बाहिर आउँन थाल्छ ।’
यो रोग महिनावारीसँग सम्बन्धित रोग भने नभएको उनको भनाइ छ । 

प्रया छात्रछात्राहरुमा विद्यालयमा भएको समयमा कन्भर्सन डिसअर्डरको समस्या देखिने गरको छ । समस्या देखिएपछि विद्यालयले कक्षकोठाभित्रै लाइन लगाएर विद्यार्थीको हेरविचार गर्ने गरेको छ । यस्ता रोग भएका विरामीलाई एक्लै राखेर उपचार गर्नुपर्ने डा. रेग्मी बताछिन् । 

‘सबै विद्यार्थीलाई एउटै कोठामा राख्दा उनीहरुको डर र मानसिक तनाव कम हुन सक्दैन । साथै अन्य विद्यार्थीहरुलाई पनि विरामी विद्यार्थीसँग राख्दा त्यहि लक्षणको सम्भावना भएको विद्यार्थी छ भने उलाई पनि लक्षणहरु देखिन सुरु हुन्छ’ डा रेग्मीले भनिन् । 

डा. रेग्मीका अनुसार कन्भर्सन डिसअर्डरको उपचार मानसिक तनावलाई कम गर्नु नै हो । उनले भनिन, ‘कन्भर्सन डिसअर्डर भएमा विद्यालयमा अन्य विद्यार्थी र शिक्षकहरु पनि डराउने गर्छन् जसको कारण रोगले ठूलोरुप देखिने गरेको छ । यो रोग क्षणिक मात्रै लक्षण देखिने र अन्य कुनै दिर्घकालिन असर भने छैन’ तर समस्यालाई लुकाउँदै गयो भने यसको अन्य नकारात्मक प्रभाव पर्ने गर्छ ।

कन्भर्सन डिसअर्डर भएका विरामीको उपचार यसरी गर्नुपर्छ :

  • विद्यालयमा युवायुवती वेहोस् हुने वा कराउने गरेमा सुरुमा आत्तिनु हुँदैन । 
  • धेरै मानिस वा भिडभाड छ भने त्यसलाई नियन्त्रण गर्ने ।
  • कन्भर्सन डिसअर्डरको लक्षण देखिएको विरामीलाई छुट्टै कोठामा लैजानु पर्छ ।
  • विरामीलाई एक्लै आराम गर्न दिनुपर्छ  ।
  • आराम गरेर होस् खुलेपछि विरामीसँग राम्रोसँग कुराकानी गर्नुपर्छ ।
  • उसको तवनाको कारण पत्ता लगाउँने प्रयास गर्नुपर्छ । 
    सबै विद्यार्थीलाई एउटै कोठामा राख्दा उनीहरुको डर र मानसिक तनाव कम हुन सक्दैन । साथै अन्य विद्यार्थीहरुलाई पनि विरामी विद्यार्थीसँग राख्दा त्यहि लक्षणको सम्भावना भएको विद्यार्थी छ भने उलाई पनि लक्षणहरु देखिन सुरु हुन्छ ।विरामीले आफ्नो समस्या राखेपछि त्यसको समस्या समाधानको उपाय बताइदिनुपर्छ ।
  • विद्यालयहरुमा शारीरिक तथा मानसिक परिवर्तनको विषयमा शिक्षा दिनुपर्छ ।
  • घर, समाज र विद्यालयमा खुलेर बोल्ने वातावरण बनाउन पर्छ ।
  • विद्यालयमा पटक पटक कन्भर्सन डिसअर्डरको समस्या देखिएमा विद्यालयको शैक्षिक वातावरण विद्यार्थीलाई अनुकुल छ,छैन बुझ्नु पर्छ ।
  • शिक्षकले पठनपाठन गराउँदा धेरै डर,त्रास देखाउँनु हुदैन । शारीरिक तथा मानसिक तनाव दिनुहुदैन ।

सामान्य रोगको उपचार गर्न काठमाडौंमा !

कान्ति बाल अस्पतालमा टाढाटाढाबाट कन्भर्सन डिसअर्डरको विरामी आउँने गरेको उनले सुनाइन् ।

‘यो सामान्य किसिमको रोग हो । आराम गरेर तनाव नियन्त्रण गरेमा निको हुने भएपनि  तर यो रोगको चेतनाको अभावमा धेरै रकम खर्च गरेर काठमाडौं सम्म उपचारको लागि आउँनेहरु पनि छन् ।’ डा. रेग्मीले भनिन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x