×

NMB BANK
NIC ASIA

११ दिनसम्म नसुतिकन पनि बस्न सकिन्छ त ?

माघ २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ माघ — दिनभरि फुर्तिलो रहनका लागि कम्तीमा पनि आठ घन्टा सुत्नु जरूरी हुन्छ । तर कहिलेकाहीँ परिस्थितिवश सुत्न पाइँदैन । तैपनि कति दिनसम्म जागा रहन सकिएला त ? 

सन् १९६० को दशकमा दुई अमेरिकी छात्रहरूले ११ दिन २५ मिनेटसम्म नसुतिकन बिताएका छन् । –यान्डी गार्डनर र ब्रुस मेकएलिस्टरले रेकर्ड बनाउन तथा विद्यालयका लागि वैज्ञानिक प्रयोगका लागि यसो गरे । 

त्यसबेलाका वैज्ञानिक कुनै पनि मानिसले नसुतिकन कति समय बस्न सक्छ भन्ने प्रश्नको जवाफ मागिरहेका थिए । अनि केही मानिस चाहिँ धेरै बेरसम्म नसुतिकन बस्ने गिनिज रेकर्ड बनाउने कोशिश पनि गरिरहेका थिए । 

त्यतिखेर –यान्डीको उमेर जम्मा १७ वर्ष थियो । उनी होनोलुलुका एक डीजेको रेकर्ड तोड्न चाहन्थे । ती डीजेले २६० घन्टा अर्थात् ११ दिन नसुतिकन बिताएका थिए । 

अन्तिममा –यान्डी यो रेकर्ड तोड्न सफल भए । उनले ११ दिन २५ मिनेट ननिदाइकन कटाए ।

बीबीसी संवाददाता लुुसी बर्न्सले प्रयोगका बेलामा उपस्थित दुई मानिससँग कुरा गरिन् । तिनमा एक हुन् ब्रुस मकएलिस्टर । उनी आफूलाई सिर्जनात्मक युवा मान्थे र उनी निद्राका सम्बन्धमा गरिएको वैज्ञानिक प्रयोगको हिस्सा बन्न चाहन्थे । 

उनी भन्छन्, ‘शुरुवातमा हामी असाधारण क्षमताहरूमा निद्राको कमीले पार्ने असर हेर्न चाहन्थ्यौं । तर यसो गर्ने कुनै तरिका नभएको हामीले अनुभव ग–यौं । अनि हामीले ज्ञानसम्बन्धी क्षमतामा निद्राको कमीको असर हेर्ने फैसला ग–यौं ।’

Sagarmatha Cement
Muktinath Bank

एक युवक साथीका गतिविधिहरूको निगरानी गर्नका लागि जागिरहेका थिए । तर तेस्रो रातपछि नै उनले यसो गन नसक्ने अनुभव गरे । उनले आफ्नो अर्का साथी जो मार्सीनोलाई सँगै आउन लगाए । 

यो प्रयोग ब्रुसका मातापिताको घर स्यान डिएगोमा गरियो । 

बिरालोहरूमाथि पनि यस्तो प्रयोग गरिएको थियो तर १५ दिन नसुत्दा बिरालो म–यो । तर बिरालोलाई रसायनहरूको सहायताले जगाएर राखिएको थियो । 

रातको समयमा युवकहरूलाई जगाइराख्न मुश्किल थियो । दिनमा त उनीहरू बास्केटबल खेलेर सक्रिय रहन्थे । 

यस अवधिमा युवकहरूलाई फरक फरक स्वाद चखाइयो, गन्ध सुँघाइयो र आवाज सुनाइयो । ब्रुस भन्छन्, ‘त्यसपछि हामीले परिवर्तनमाथि विचार गर्न थाल्यौं । ज्ञानसम्बन्धी क्षमतामा असर पर्न थाल्यो तर बास्केटबल खेल्ने क्षमतामा वृद्धि भयो ।’

एघार घन्टा २५ मिनेटको कीर्तिमान पूरा गरेपछि –यान्डी लगातार १४ घन्टा सुते । उनलाई बाथरूम जानुपरेपछि उनी उठेका थिए । 

समय बित्दै जाँदा उनको सुत्ने प्याटर्न सामान्य बन्दै गयो । शुरुमा त उनलाई कुनै समस्या भएन तर पछि चाहिँ उनले अनिद्राको गुनासो गरे । 

ब्रुसका अनुसार, यो परीक्षणबाट विज्ञानले केही पाठहरू सिक्यो ।

बीबीसीबाट


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x