कात्तिक २८, २०८०
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
कञ्चनपुर, २ माघ -यहाँको राना समुदायकोे झीँ झीँ नाच लोपोन्मुख अवस्थामा पुगेको छ ।
इतिहासका बारेमा वर्णन गरी परम्परागत शैलीमा देखाइने नाच लोप हुने संघारमा पुग्दा चिन्ता व्यक्त गरिएको छ । राना समुदायको इतिहास र वीरताका घटनालाई गीतमार्फत व्यक्त गरी झीँ झीँ नाच देखाउने गरिन्छ ।
यसमा परम्परागत गहना र पोशाकमा सजिएका महिला दुई पंक्तिमा छ जनाका दरले टाउकामा प्वालैप्वाल भएको गाग्री र गाग्रीभित्र बालिएको बत्ती राखी नाच्ने गर्छन् ।“गाग्री टाउकामा राखेर नाच्ने महिलाले गीतको लयसँगै कम्मरमाथिको भाग मोडेर नृत्य पेश गर्छन्” असैनाका मिलन रानाले भन्नुभयो, “ त्यतिबेला गीत सुन्न र नाच हेर्नको मजा नै अर्काे थियो । ”
ढोलकको तालमा नाचिने यस नाचमा अगुवा महिलालाई साथ दिँदै अन्यले सामूहिक रुपमा गीत गाउँदै नाच्नेलाई हौस्याउने गर्छन् । नाच देखाउनेले कम्मरमाथिको भागलाई विभिन्न तरिकाले मोडेर नाचलाई आकर्षक बनाउने गर्छन् । “यो नाच राना समुदायमा पहिले देउसीभैली जस्तै असोज र कात्तिक महिनामा देखाइने गरिन्थ्यो” समाजसेवी छत्र रानाले भन्नुभयो, “दुई महिनासम्म नाच देखाइएपछि वनभोज खाएर विसर्जन गर्ने परम्परागत चलन रहेको थियो । हाल युवाले झीँ झीँ नाच संरक्षणको प्रयास गरे पनि सम्झनामा मात्रै बाँकी रहेको छ”, उहाँले भन्नुभयो ।
बूढापाकालाई नाच सिकाउने चासो नहुनु र युवापुस्तालाई सिक्ने चासो नहुँदा यो नाच हराउँदै गएको छ । हाल यस नाचबारे सागर ज्योति युवा क्लबमा आबद्ध असैनाका राना थारु समुदायका युवाले चासो देखाई बूढापाकाबाट सिकेर लोप हुनबाट बचाउनका लागि प्रयास गर्दै आएका छन् ।
प्रतिवर्ष हराउँदै गएका नाच क्लबमा आबद्ध युवाले देखाउने गरेकाले राना थारु समुदायको पहिचान र संस्कृति बोकेका नाच संरक्षणमा टेवा पुग्नाका साथै युवामा परम्परागत नाचबारे चासो बढेको अर्जुन रानाले बताउनुभयो । “झीँ झीँ नाचसँगै हराइसकेको शिकार गर्दाको अवस्थालाई दर्शाई देखाउने गरिएको ‘हन्ना’ नाचसमेत बूढापाकाबाट सिकेर युवाले संरक्षणको प्रयास गरेका छन्”, उहाँले भन्नुभयो । राना समुदायका हराउँदै गएका नाच र गीतको संरक्षणका लागि यसको महत्वबारे दर्शाई जागरुक गराउनुपर्ने सामाजिक अगुवाको भनाइ छ ।
–राजेन्द्रप्रसाद पनेरु /रासस
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...