×

NMB BANK
NIC ASIA

च्याउका यस्ता छन् फाइदा र नोक्सानी

माघ २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ माघ — च्याउ औषधीय गुणहरूले भरिएको खाद्यपदार्थ हो । यसमा अमिनो एसिड, खनिज लवण र भिटामिन जस्ता तत्त्व पाइन्छन् । यसमा ३५ प्रतिशतसम्म प्रोटीन हुन्छ जुन बोटबिरुवामा पाइने प्रोटीनभन्दा धेरै हो । 

च्याउले स्वास्थ्यलाई धेरै फाइदा गर्छ । च्याउको परिकार शाकाहारी र मांसाहारी दुवैले उत्तिकै रुचाउँछन् । तर च्याउका केही बेफाइदा पनि छन् । यहाँ हामी त्यसको चर्चा गर्नेछौं । पहिला फाइदाकै कुरा गरौं ।

मोटोपन हटाउन
मोटोपन हटाउन चाहने व्यक्तिहरूले प्रोटीनयुक्त आहार लिनुपर्छ र च्याउमा भरपूर प्रोटीन हुन्छ । तौल घटाउनका लागि मशरूम राम्रो विकल्प हो । 

रोगप्रतिरोधक क्षमता बढाउन
च्याउ एक प्राकृतिक एन्टीबायोटिक हो । यसले माइक्रोबियल र फंगल संक्रमणलाई हटाउँछ । यसमा भएको एन्टीअक्सिडेन्टले शरीरलाई हानि गर्ने फ्री –याडिकलबाट बचाउँछ । अनि शरीरका कोशिकाहरूको मर्मत गर्न पनि यो सहयोगी हुन्छ । 

क्यान्सरबाट बचाउ
च्याउमा भएको बीटा ग्लाइसिन र लिनोलिक एसिडले क्यान्सरबाट बचाउन मद्दत गर्छन् । यसमा भएका काइटिन, लायसिन र प्रोटीनले शरीरमा ट्युमर बन्न दिँदैनन् । 

मेटाबोलिजम बढाउन
च्याउमा भिटामिन बी पाइन्छ । यसले भोजनलाई ग्लुकोसमा परिणत गरेर ऊर्जा उत्पन्न गर्छ र भिटामिन बी२ र भिटामिन बी३ ले मेटाबोलिजमलाई राम्रो बनाउँछ । 

मुटु राम्रो बनाउन
च्याउमा भएका एन्जाइमहरूले कोलेस्ट्रोल स्तर घटाउँछन् र यिनमा भएका पोषक तत्त्वले स्वास्थ्यलाई राम्रो राख्छन् । 

कुपोषणबाट बचाउन
कुपोषणबाट बालबालिकालाई बचाउनका लागि च्याउ खान दिनु ठीक हुन्छ । यो गर्भावस्थादेखि वृद्धअवस्थासम्मका लागि उपयुक्त आहार हो । 

मधुमेहमा फाइदा
च्याउमा भिटामिन, फाइबर र मिनरलहरू हुन्छन् अनि बोसो, कार्बोहाइड्रेट्स र सुगर हुँदैन । त्यसैले मधुमेहका रोगीले यसको सेवन गर्नु ठीक हुन्छ । यसले इन्सुलिन निर्माणमा सहायता गर्छ । 

पेटको समस्याबाट मुक्ति
फाइबररहित आहार लिँदा अपच र कब्जियतको समस्या हुन्छ तर ताजा च्याउ खाँदा यस्ता समस्याहरू हट्छन् किनकि च्याउमा फाइबर हुन्छ । 

रक्ताल्पता हटाउन
च्याउ रक्ताल्पता हटाउनका लागि राम्रो विकल्प हो किनकि यसमा फोलिक एसिड प्रचुर मात्रामा हुन्छ । यसमा भएको फलाम र फोलिक एसिडले हेमोग्लोबिनको स्तर सामान्य राख्छन् । यसबाट रक्ताल्पता हट्छ । 

सामान्यतया च्याउले स्वास्थ्यलाई धेरै फाइदा गर्छ तर सही च्याउ खाइएन भने अनेकौं रोग लाग्छ । धेरै च्याउ खायो भने एलर्जी हुन्छ । 

अनि च्याउका केही प्रजातिहरू विषालु हुन्छन् । यस्ता विषालु र कच्चा च्याउ खाँदा एलर्जी, दम, उल्टी, मतिभ्रम, बेहोशी र वाकवाक लाग्ने समस्या हुन्छ । त्यसैले च्याउ किन्दा सावधानी अपनाउनुपर्छ । 

जहिले पनि ताजा मशरूम खानुपर्छ । पुरानो र बासी च्याउले फूड पोइजनिङ गराउँछ । शिशुहरू र गर्भवती महिलाहरूलाई च्याउ खान दिनुहुँदैन ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x