×

NMB BANK
NIC ASIA

को-को बन्दैछन् प्रदेश प्रमुख ? यी हुन् सम्भावित नाम

माघ ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ माघ- सरकारले सातवटै प्रदेशमा प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । यसका लागि बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ। दिउँसोको बैठकबाट प्रदेश प्रमुख तोकिने स्रोतको दाबी छ ।

Muktinath Bank

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसकेन्द्रित २ दलसँगको मात्र भागबण्डा प्रदेश प्रमुख तोक्ने तयारी गरेका छन् । यद्यपि केही दिनअघि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर प्रदेश प्रमुख तथा अस्थायी मुकाम तोक्ने विषयमा सहमतिको पहल गरेका थिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा एमाले र माओवादीका नेताहरुले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने काम सरकारको भएको भन्दै तत्काल नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका थिए।


Advertisment
Nabil box
Kumari

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रदेश नम्बर २ मा राजपा र प्रदेश नम्बर ५ मा संघीय समाजवादी फोरम नेपाललाई छाडेर बाँकी प्रदेशमा कांग्रेस समर्थित व्यक्तिलाई प्रदेश प्रमुख बनाउन लागेका छन्।

Vianet communication
Laxmi Bank

यसक्रममा प्रदेश १ मा गोविन्द सुब्बा, प्रदेश २ मा उमाकान्त झा र प्रदेश ३ मा अनुराधा कोइरालालाई प्रदेश प्रमुख बनाउने तयारी छ। यसैगरी प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ल प्रदेश प्रमुख बन्ने सम्भावना छ ।

झा र कायस्थबाहेक सबै कांग्रेसनिकट हुन्। झा खिलराज रेग्मी नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेका थिए। यस्तै सीएनएन हिरोसमेत घोषित कोइराला माइती नेपालकी अध्यक्ष हुन् । कुँवर सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता थिए भने मल्ल कांग्रेस महासमिति सदस्य हुन् ।

यी नामहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रस्तावको रुपमा मन्त्रिपरिषद्मा पुगेको स्रोतले जानकारी दियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x