×

NMB BANK
NIC ASIA

सरकारको निर्णयसँगै आयोगको ‘एक्सन’, समानुपातिक उम्मेदवार निर्वाचित भएको घोषणा

माघ ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ माघ  –सरकारले प्रदेश  प्रमुख र अस्थायी राजधानी तोकेसँगै निर्वाचन आयोगले पनि  राजनीतिक दलबाट प्रदेशसभामा सिफारिस भएका समानुपातिक  उम्मेदवारहरूलाई निर्वाचित भएको घोषणा गरेको छ ।
 

Muktinath Bank

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश प्रमुख र स्थायी राजधानी तोकेको थियो ।  सोहि  निर्णयको परखाईमा रहेको आयोगले सरकारको निर्णयसँगै प्रदेश समानुपातिक उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरेको हो । 
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले सातवटै प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने उम्मेदवारहरूको नामावलीलाई टुङ्गो लगाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 नेपालको संविधानको धारा १७६ अनुसार प्रदेशसभा सदस्य निर्वाचनमा सातवटा प्रदेशमा गरी समानुपातिक निर्वाचन प्रणालीबाट जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । 


Advertisment
Nabil box
Kumari

आयोग बैठकले दलहरुले प्राप्त गरेको मतलाई सेन्टलग विधिबाट सिटमा रुपान्तरण गरी सिट यकिन गरेपश्चात् राजनीतिक दलहरूले छनौट गरी आयोगसमक्ष पठाएका उम्मेदवारहरूलाई प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (७) बमोजिम निर्वाचित भएको घोषणा गरेको आयोगका प्रवक्ता ढकालले जानकराी दिए । 

Vianet communication
Laxmi Bank

आयोगले सोही ऐनको दफा ६० को उपदफा (८) बमोजिम निर्वाचित उम्मेदवारहरूको नामावली सम्बन्धित प्रदेश प्रमुखसमक्ष पठाउन, निर्वाचित उम्मेदवारहरूलाई प्रमाणपत्र प्रदान गर्न, सम्बन्धित राजनीतिक दललाई जानकारी गराउन तथा निर्वाचित उम्मेदवारहरूको नामावली नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने निर्णय पनि गरेको छ । 

प्रदेशसभाका समानुपातिकतर्फका निर्वाचित उम्मेदवारहरुलाई आ–आफ्नो राजनीतिक दलहरुसँग समन्वय गरी यही माघ ५ गते शुक्रबार दिनको १ बजे आयोगमै प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेकाले उपस्थितिका लागि अनुरोध समेत गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x