आठ जनाका कारण रोकियो तीनकुनेको पार्क ! (भिडियो रिपोर्ट)

  काठमाडौं ४ -माघ तीनकुनेमा रहेको करिब ५० रोपनी खाली जग्गामा आधुनिक पार्कसहित विश्वको ठूलो मुर्ति बनाउने योजना महानगरले ल्याएपछि राजधानीबासी उत्साही भएका थिए । तर उक्त योजना अनुसार काम अघि बढेको नदेख्दा सर्वसाधारणले पार्क बन्ने योजनालाई पत्याउन सकेका छैनन् । 


खाली जग्गामा यतिखेर फोहर थुपार्ने स्थान, घाम ताप्दै बदम खाने ठाउँको रुपमा सिमित रहेको छ । 


दुई पांग्रे र चार पांग्रे सवारी साधन चलाउन सिक्नेहरुले यो स्थान प्रयोग गरिरहेका छन् । उपत्यका बाहिरबाट आएका ठूलठूला सवारी साधनको पार्किङ स्थल बन्दा तीनकुनेको खाली ठाँउ कुरुप देखिएको छ । 
गत वर्षको असारमै ५० रोपनीको यस चौरमा १ अर्ब २३ करोड रुपैयाँमा आध्यात्मिक एवं धार्मिक पर्यटन केन्द्र बनाउने डिपिआर तयार गरेको भएपनि काम भने शुरु हुन सकेको छैन । योजना अनुसार यहाँ तीन तल्लाको ३ सय कार र २ सय ५० मोटरसाइकल पार्किङ  गर्न मिल्ने भवन पनि बनाईदैछ । 


तर यसको काम भने अघि बढेको देखिदैन । छ महिना अगाडि टिनले बारिएको यस क्षेत्र अहिले खुल्ला छ । 


पार्क बनाउन लागिएको क्षेत्रको जग्गा व्यक्तिहरुको जग्गा हो । सरकारले केहीलाई मुआव्जा दिएको छ भने केहीलाई दिने प्रकृयामा रहेको छ जनाएको छ । तर जग्गा धनीहरुले मुआव्जा बढाएर नदिएको खण्डमा आफूहरुले सरकालाई जग्गा नदिने अडान राखेका कारण समस्या उत्पन्न भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।  “जग्गा सम्बन्धीसमस्या चाँडै समाधान हुन्छ । जग्गा धनीहरुले मुआव्जा नबढाए सम्म काम अगाडि बढाउन दिदैँनौ भन्नु भएको छ” कार्कीेले भने  । 


चीनको छेन्दु नगरपालिकाको सहयोगमा बन्ने यो पार्क आठ जनाको मुआब्जा विबादले अलपत्र परेकोे छ । पार्कमा शान्तिको प्रतीकका रुपमा जमिनको सतहबाट १ सय ८ फिट अग्लो बुद्धमूर्ति राखिने डिपिआर तयार भएको छ ।

 


 

माघ ४, २०७४ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस