×

NMB BANK
NIC ASIA

दोक्लममा चिनियाँ सैनिकले सात हेलिप्याड बनाएको स्याटेलाइट इमेजबाट देखियो

माघ ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ माघ — भूउपग्रहीय तस्वीरहरूसहितका केही मिडिया रिपोर्टमा चीनले विवादित दोक्लम क्षेत्रको उत्तरी भागमा सात हेलिप्याड बनाएको लेखिएको छ । 

त्यहाँ जमीनबाट मार हान्ने क्षेप्यास्त्रहरू, ट्यांकहरू, सशस्त्र वाहन, आर्टिलरी समेत अनेकौं सैन्य उपकरण पनि भेटिएका छन् । चीनले त्यहाँ सडक निर्माण परियोजनालाई अघि बढाउने भएको छ ।

भारतीय सेनाका प्रधानसेनापति विपिन रावतले बुधवार भारत र चीनबीचको सम्बन्ध पूर्ववत् अवस्थामा फर्किसकेको र कुनै गम्भीर समस्या नभएको बताएका छन् । उत्तरी दोक्लममा चिनियाँ सैनिक उपस्थित भएपनि उनीहरूको संख्या ठूलो नभएको उनको भनाइ छ । 

रावतका अनुसार, चिनियाँ सैनिकहरूले अस्थायी कामहरू गरिरहेका छन् । अत्यधिक जाडोका कारण उनीहरूले उपकरण आफूसँग नलगेका हुनसक्छन् । चिनियाँ सैनिक फर्किए भने आफूहरूले उनीहरूको सामना गर्ने रावतले बताए । 

सेनाप्रमुखले दुवै देशमा तनाव कम गर्नका लागि अपनाइएका तरिकाको पनि जानकारी दिए । उनले भने, ‘सीमामा दुवै देशका सैनिकहरूबीच लगातार कुराकानी भइरहेको छ । हामीले व्यक्तिगत भेटघाट शुरू गरिसकेका छौं । धरातलमै पनि कमान्डरहरूबीत कुराकानी भइरहेको छ । दोक्लम विवादअघि दुई देशको सम्बन्ध जस्तो थियो, अहिले त्यस्तै छ ।’

दोक्लममा चीन र भारतका सेना ७३ दिनसम्म आमनेसामने थिए । त्यो गतिरोध सन् २०१७ को २८ अगस्टमा अन्त्य भएको थियो । 

सञ्चारमाध्यमहरूमा आएका खबरअनुसार, उत्तरी दोक्लममा चीनले सैन्य शिविर बनाइरहेको छ । उक्त क्षेत्रमा सहज पहुँचका लागि उसले सडक बनाउने लक्ष्य लिएको छ । 

नयाँ स्याटेलाइट इमेजहरूमा चीनले सैन्य शिविर बनाएको देखिन्छ । यो क्षेत्र १० वर्ग किलोमिटरमा फैलिएको छ । 

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x