×

NMB BANK
NIC ASIA

ट्रम्पले घोषणा गरे फेक न्युज अवार्ड, द न्युयोर्क टाइम्स विजयी

माघ ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ माघ — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार आफ्नो ट्विटर अकाउन्टमा फेक न्युज अवार्ड घोषणा गरे । त्यो अवार्ड द न्युयोर्क टाइम्सले जित्यो । 

यो पुरस्कारलाई लामो समयदेखि प्रतीक्षा गरिएको थियो । यसलाई जनवरी महिनाको ८ तारिखमा घोषणा गरिनुपर्ने थियो र ट्रम्पले त्यस समयलाई बढाएर १७ जनवरी पु–याएका थिए । 

ट्रम्पले घोषणा गरेको अवार्ड एबीसी न्युज, सीएनएन, टाइम र द वाशिङटन पोस्टले पनि पाए । 

ट्रम्पको अवार्ड घोषणाको केही समयमै विजेतासूची जारी गर्ने जीओपी डट्कम वेबसाइट क्य्राश भयो । मानिसहरू यो सूचीका बारेमा जान्न अत्यन्तै उत्सुक देखिए ।

जीओपी डट्कमले लेख्यो, ‘सन् २०१७ मा निरन्तर विभेदकारी र अनुचित खबरहरू प्रकाशित गरिए । झुटा समाचारहरू (फेक न्युज) पनि प्रकाशित गरिए । अध्ययनहरूले देखाएअनुसार, ट्रम्पमाथिको ९० प्रतिशत मिडिया कभरेज नकारात्मक थियो ।’

ट्रम्पले ट्वीटमा लेखे, ‘अत्यन्तै भ्रष्ट र बेइमान मिडिया कभरेजका बाबजुद अनेकौं रिपोर्टहरू महान् थिए । म तिनीहरूको सम्मान गर्छु । अमेरिकीहरूका लागि राम्रा खबर थिए जसमा हामीलाई गर्व छ ।’

वेबसाइटले विजेताहरूको सूचीसँग सम्बन्धित रिपोर्टको पनि उल्लेख गरेको छ । 

न्युयोर्क टाइम्समा लेख्ने पल क्रुगम्यानको लेखलाई शीर्ष स्थान दिइएको छ । ट्रम्पको ऐतिहासिक जीतको दिन प्रकाशित लेखमा अर्थतन्त्र कहिल्यै नउकासिने लेखिएको थियो । 

एबीसी न्युजका ब्रायक रोज सूचीमा दोस्रो नम्बरमा छ । उनले ट्रम्प प्रशासनमा अर्थतन्त्र तीव्रताका साथ पतन हुने लेखेका थिए । 

सीएनएन तेस्रो नम्बरमा छ । उसले रिपोर्टमा भनेअनुसार, ट्रम्प र उनका छोरा ट्रम्प जुनियरसँग विकिलिक्सबाट ह्याक गरिएका कागजात थिए । 

टाइम चौथो नम्बरमा छ । उसले गलत समाचार प्रकाशित गर्दै राष्ट्रपति ट्रम्पले ओभल अफिसबाट मार्टिन लुथरको मूर्ति हटाएको लेखेको थियो । 

मिडियाहरूले ट्रम्पका विरुद्ध जतिसुकै नकारात्मक कुरा लेखेपनि ट्रम्प प्रशासनले २० लाख रोजगारी सिर्जना गरेको जीओपी डट्कमले दाबी ग–यो । अनि देशले आठ खर्ब डलर फाइदा गरेको पनि लेखिएको छ । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x