×

NMB BANK
NIC ASIA

महेश बस्नेत भन्छन्- 'हेटौँडा लगिन्छ भन्ने कल्पनै गरेनौँ, अस्थायी राजधानीसमेत फिर्ता ल्याउँछौँ'

माघ ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ माघ- नेकपा एमालेका प्रभावशाली युवा नेता एवम् भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश बस्नेतले हेटौंडालाई प्रदेश नम्बर ३ को अस्थायी राजधानी तोकिएकोमा आपत्ति जनाएका छन् । प्रदेशसभाबाट दुई तिहाइ बहुमतले स्थायी राजधानी भक्तपुरमै ल्याउन सकिनेमा विश्वस्त देखिएका बस्नेतले अस्थायी राजधानीसमेत भक्तपुरमै सार्ने ठोकुवासमेत गरे।

Muktinath Bank

'सरकारले अस्थायी राजधानी तोकेपछि हामीले अन्य जिल्लाका साथीहरुसँग पनि कुरा गर्यौँ, सबैजना भक्तपुरप्रति सकारात्मक हुनुहुन्छ,' बस्नेतले लोकान्तरसँग भने, 'स्थायी राजधानी यहाँ ल्याउन सक्नेमा त कुनै शंका नै छैन, तत्काल अस्थायी राजधानीसमेत भक्तपुरमै ल्याउँछौँ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपप्रधानमन्त्री कमल थापाको अडानबारे थाहा पाए पनि सरकारले हेटौंडालाई राजधानी तोक्ला भनेर आफूहरुले कल्पनासमेत नगरेको उनले सुनाए। 'हिजो २/३ बजेसम्म पनि भक्तपुर वा ललितपुरलाई राजधानी तोकिँदै छ भनेर हामीलाई सूचना आइरहेको थियो,' बस्नेतले भने, 'यसरी अन्तिम समयमा धोखा भयो, अब हामी चुप बस्दैनौँ।'


Advertisment
Nabil box
Kumari

उनले भक्तपुरका सबै राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायीसँग छलफल गरिसकेको भन्दै आजैबाट आन्दोलन थाल्ने बताए ।

Vianet communication
Laxmi Bank

प्रदेशका १३ मध्ये मकवानपुरबाहेक १२ वटै जिल्लालाई हेटौँडा पायक नपर्ने उनको जिकिर छ । 'मकवानपुरबाहेक अरु कसैलाई पनि हेटौँडा पायक पर्दैन,' बस्नेतले भने, 'आफ्नै जिल्लामा भएकाले उहाँहरुले विरोध नगर्नुहोला, बाँकी सबै असन्तुष्ट छन् ।'

भक्तपुरको सानोठिमीमा तत्कालका लागि आवश्यक सबै पूर्वाधार रहेको भन्दै बस्नेतले भक्तपुरमा राजधानी तोकिए सरकारको ५ अर्ब रुपैयाँ बच्ने बताए । 'भक्तपुरको सानोठिमीमा आवश्यक सबै पूर्वाधार छ, तत्काल सरकारको ५ अर्ब रुपैयाँ बच्छ,' उनले भने, 'सरकार आफैँले गठन गरेको प्राविधिक समितिले समेत हेटौँडाको कुरै गरेको थिएन, भक्तपुर, ललितपुर वा काभ्रे भन्ने थियो, कमल थापाको ढिपीले उता लगिएको छ, यो हामीलाई मान्य छैन।'

पूर्वाधार हेर्ने हो भने सानोठिमीलाई दोस्रो सिंहदबार मान्न सकिने भन्दै बस्नेतले अस्थायी राजधानीसमेत भक्तपुरमै ल्याइछाड्ने दोहोर्‍याए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x