कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं,४ माघ- 'दिउँसो २/३ बजेसम्म पनि भक्तपुर वा ललितपुरलाई राजधानी तोकिँदै छ भनेर हामीलाई सूचना आइरहेको थियो, केहीले उपप्रधानमन्त्रीज्यू (कमल थापा) ले एक्लै भए पनि हेटौंडा लैजान्छु भन्नुभएको छ विचार गर्नुस् है भनेका हुन्, तर हामीले राजधानी हेटौंडा तोकिएला भन्ने कल्पनै गरेनौँ,' प्रदेश राजधानी तोक्ने सरकारको निर्णयबारे प्रतिक्रिया माग्दा भक्तपुर- २ बाट निर्वाचित सांसद एवम् एमाले नेता महेश बस्नेतले भने।
कल्पनै नगरिएको निर्णय भएकाले तत्काल संगठितरुपमा विरोध जनाउन नसकिएको उनको संकेत थियो । बिहीबार बिहान जिल्लास्थित सबै सरोकारवालासँग छलफल गरेर विरोधका कार्यक्रम तय गरिएको बस्नेतले जानकारी दिए ।
बस्नेतजस्तै माओवादी नेता एवम् ललितपुर क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य राजकाजी महर्जनले पनि आफूहरु कसरी विरोध जनाउने भन्नेमा छलफलमै रहेको बताए । बिहीबार मध्याह्न सम्पर्क गर्दा उनी यसैबारे छलफलमा थिए ।
अझ कांग्रेस काभ्रेका सभापति मधु आचार्यले त बैठक बस्नै बाँकी रहेको बताए । यद्यपि यो अस्थायी राजधानी भएकाले तत्काल आन्दोलनजस्ता अप्रिय निर्णय नलिने उनको भनाइ छ ।
प्रदेश नम्बर ३ को राजधानीका रुपमा भक्तपुर, काभ्रे र ललितपुरको चर्चा थियो । तर, सरकारले अप्रत्यासितरुपमा हेटौँडालाई राजधानी तोक्यो । उपत्यका वा आसपासमै राजधानी तोकिन्छ भन्नेमा ढुक्क रहेकाले कसैले पनि विरोधको योजना बनाउनै भ्याएनन् । जवकि, १ नम्बर प्रदेशमा घनकुटा र विराटनगर, ५ नम्बरमा बुटवल र दाङ तथा ७ नम्बरमा धनकुटा र दिपायल खुशीयाली मनाउने वा विरोध प्रदर्शन जे गर्नुपरेमा पनि तयारी अवस्थामै थिए ।
यही मुख्य कारण हो, जसले अप्रत्यासित निर्णयका बावजुद् पनि प्रदेश नम्बर ३ मा तत्काल चर्को विरोध प्रदर्शन भएन । जुन कुरामा बस्नेत पनि सहमत छन् । 'आज (बिहीबार) हामीले जिल्लास्थिति राजनीतिक दल, नागरिक समाज, उद्योगी/व्यवसायीसँग छलफल गर्यौँ, आजैबाट विरोध प्रदर्शन गर्दैछौँ ।'
सहजै दुई तिहाइ पुर्याउन सकिने विश्वास
अप्रत्यासित निर्णयको झण्डै २४ घण्टासम्म प्रदेश ३ शान्त रहनुको अर्को कारण दुई तिहाइ बहुमत पुर्याएर सहजै स्थायी राजधानी आफूले चाहेको ठाउँमा ल्याउन सकिन्छ भन्ने आत्मविश्वास पनि हो ।
त्यस्तो आत्मविश्वास बस्नेत, आचार्य र महर्जन तीनैजनाको प्रतिक्रियामा झल्किन्छ । 'सबैलाई पायक पर्ने हिसाबले पनि उपत्यका वा आसपासमै हुनुपर्छ भन्ने हो, सर्वमान्य मापदण्ड र विधिविपरीत हेटौंडा लगिएको छ,' महर्जनले भने, 'यद्यपि यो अस्थायी हो, फिर्ता ल्याउन सकिन्न भन्ने नै होइन, हामी सहजै दुई तिहाइले राजधानी तोक्न सक्छौँ ।'
आचार्यले त आफू शतप्रतिशत ढुक्क रहेको बताए । 'काभ्रेलाई स्थायी राजधानी बनाउन सकिन्छ भन्नेमा म त शतप्रतिशत विश्वस्त छु,' आचार्यले भने, 'काठमाडौं मुलुकको राजधानी हो । संघीयताको मर्मअनुसार जाने हो भने पनि यहाँबाट केही बाहिर जानुपर्छ, अहिले राजधानी तोकिएको हेटौँडालाई समेत काभ्रे पायक पर्छ, सबैका लागि काभ्रे उपर्युक्त छ ।'
आचार्य र महर्जनको भनाइमा विश्वास गर्न सकिने एउटा आधार के पनि हो भने, अधिकांश प्रदेश सांसद उपत्यका र त्यसआसपासकै छन् । यो क्षेत्र पायकका हिसाबले पनि सबैलाई उपर्युक्त हुनसक्छ ।
अझ बस्नेत त एककदम अघि बढेर अस्थायी राजधानीसमेत फिर्ता ल्याउने जिकिर गर्छन् ।
'सरकारले अस्थायी राजधानी तोकेपछि हामीले अन्य जिल्लाका साथीहरुसँग पनि कुरा गर्यौँ, सबैजना भक्तपुरप्रति सकारात्मक हुनुहुन्छ,' बस्नेतले लोकान्तरसँग भने, 'स्थायी राजधानी यहाँ ल्याउन सक्नेमा त कुनै शंका नै छैन, तत्काल अस्थायी राजधानीसमेत भक्तपुरमै ल्याउँछौँ।'
तीनैजना नेता तत्काल अन्य प्रदेशमा जस्तो चर्को आन्दोलन गर्ने मनस्थितिमा छैनन् ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...